• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा

    465
    SHARES

    बलिउड अभिनेता संजयदत्त युएईको गोल्डेन भिषा प्राप्त गरेका छन् । जसको जानकारी अभिनेता दत्तले सामाजिक संजालबाट शेयर गरेका हुन् । भिषा प्राप्त गरेको खुसी शेयर गर्दै संजयले युएई सरकारलाई धन्यवाद पनि दिएका छन् ।

    गोल्डेन भिषा लामो समय बस्न दिइने अनुमति हो । जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । जसको जारी २०२० बाट सुरु गरिएको हो ।

    १० वर्ष अवधि रहने यसको मुख्य उद्देश्य प्रतिभाशाली व्यक्तिलाई गल्फ राष्ट्रमा राख्नु रहेको छ । यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिने गरिन्छ । बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् ।

    त्यस्तै सलमान खानको फिल्म ‘राधे’ ले राम्रो प्रतिक्रिया पाइरहेको छैन । जसकारण सलमान आफैं हैरान छन् । र, सलमान खानको लिगल टिमले समीक्षक कमाल राशिद खान (केआरके) विरुद्ध मानहानीको मुद्दा दर्ता गराएको छ ।

    केआरकेले आफैं ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् । त्यस्तै, अब सलमानको कुनै पनि फिल्मको रिभ्यु नगर्ने घोषणा समेत केआरकेले गरेका छन् । उनले सलमानप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्,‘तपाईले राम्रो फिल्म बनाउनुपर्ने थियो ।’

    केही दिनअघि आफ्नो एक ट्वीटमा केआरकेले राधे फिल्मको जमेर आलोचना गरेका थिए । उनले भनेको थिए, ‘फिल्म राधेमा के खास छ, यो मलाई थाहा नै भएन ।’ उक्त फिल्म दुबईमा हेरेको र फिल्मको पहिलो हाफ हेरेलगत्तै आफुले रिभ्यु गरेको पनि उनले ट्वीटमा उल्लेख गरेका थिए । आफुलाई सलमान खानको टिम मन नपरेको पनि उनले समीक्षाका दौरान बताएका थिए ।

    यस्तै बलिउड अभिनेता सञ्जय दत्तका बुबा स्वर्गीय सुनील दत्तले एक से एक राम्रा फिल्ममा काम गरेका थिए । उनको अभिनयको मानिस दिवाना थिए । सुनीलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनको सम्झना गर्ने गर्दछन् । सुनील दत्तले २००५ मे २५ मा यो संसारबाट सदा सदाका लागि बिदा लिएका थिए ।

    बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँग भएको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोष्ट गरेका छन् । उनले लेखेका छन्– ‘आमाबुबा, एक आदर्श, एक साथी, एक गुरु तपाई मेरो सबथोक हुनुहुन्थ्यो । लभ यु बुबा, मिस यु ।’ सञ्जयले शेयर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    सञ्जय अहिले जुन उचाईंमा छन् । त्यो हुनुमा उनको आमा बुबाको योगदान महत्वपूर्ण रहेको छ । सञ्जय दुबैको नजिक थिए । आमा नरगिस गुमाइसकेका सञ्जय बुबा सुनीलको निधनले निकै दुःखी छन् । सुनीलको निधन हृदयघातका कारण भएको हो । निधनको १२ दिनपछि उनको ७६ औं जन्मदिन थियो । सुनील पछिल्लो समय ‘मुन्नभाई एमबीबीएस’ मा देखिएका थिए । सञ्जयले केही अगाडि पनि आमा नरगिसको सम्झनामा एक भावुक पोष्ट शेयर गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया