• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    तनावका बीच ओलीसँग गोप्य वार्ता गरेपछि प्रचण्डले यसो भने

    9.5K
    SHARES

    काठमाडौं, २२ माघ ।

    तनावै तनावकाबीच एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को गोप्य बार्ता भएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाए भ्रमणमा अाएसँगै २ पार्टीबीकाे सम्बन्ध पनि अलि चिसिएकाे थियाे । त्यहि अवस्थामा अाेली-प्रचण्डबीच आइतबार गोप्य बार्ता भएको छ ।

    सुष्माको भ्रमणपछि ओली एकतालाई थाती राखेर सरकार गठन गर्ने कसरतमा छन् भने प्रचण्ड एकता गर्नुपर्ने पक्षमा छन् । प्रचण्ड र अाेलीबीच भएको वार्तालाई अत्यन्तै गोप्य राखिएको छ ।

    यसैबीच प्रचण्डले नेकपा एमालेसँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेको बताएका छन् ।

    ओलीसँगको बार्तापछि अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारीसँग आइतबार आफ्नै निवास खुमलटारमा छलफल गर्दै अध्यक्ष दाहालले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।”

    जनअपेक्षाविपरीत जाने छुट कोही कसैलाई पनि नभएकाले पार्टी एकता जुनसुकै हालतमा नै हुने प्रचण्डको विश्वास छ ।

    एकता प्रक्रियाबाट बाहिर जाने छुट कोही कसैलाई पनि नभएकामा जोड दिँदै अध्यक्ष दाहालले भने, “एमाले र माओवादी केन्द्रले पछाडि फर्केर जाने पुल भत्काइसकेका छन् । अब पछाडि फर्कने ठाउँ छैन ।”

    पार्टी एकता हुँदैन कि भन्ने अनेकन हल्ला चलिरहेकोतर्फ संकेत गर्दै उनले दुई ठूला पार्टीका बीचमा अगाडि बढेको सहअस्तित्वसहितको एकताका विषयमा आएका नकारात्मक टिप्पणीको कुनै अर्थ नभएको बताए ।

    “भाँड्ने प्रयास भएका छन् । एमाले अध्यक्ष केपी ओली र म आफैँ स्वयं एकताको पक्षमा दृढताका साथ उभिएकाले कुनै पनि अवरोधले अगाडि बढिसकेको प्रक्रिया रोकिँदैन”, अध्यक्ष दाहालले भने ।

    एमाले नेतृत्वसँग सार्थक बहस र छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष दाहालले सरकार गठन हुनुभन्दा पहिले नै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउन पहल भइरहेको जानकारी दिए । “सकेसम्म सरकार गठन हुनुभन्दा पहिले नै एकता गर्नुपर्छ भन्नेमा केपी ओली र म दुवै लागिपरेका छौं”, उनको भनाइ थियो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ