• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    मध्यरातमा प्रधानन्यायाधीशलाई किन बोलाइयो बालुवाटार, बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

    402
    SHARES

    काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मध्यरातमा प्रधानन्यायाधीश बालुवाटार बोलाइनु गतिलो संकेत नभएको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट  गर्दै यस्तो बताएका हुन् ।

    भट्टराईले ट्वीटरमा लेखछन्, ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचाररहल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन् ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सोमबार बालुवाटारस्थित निवासमा बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरको भन्ने खबर बाहिर आएपछि टिप्पणी गर्दै डा भट्टराईले राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान तथा लोकतन्त्र नै मास्ने खेल हुन नहुने बताएका छन् ।

    भट्टराई भन्छन्,‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियमरनजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधानरलोकतन्त्र मास्ने खेल पूरा नहोस् ।’

    त्यस्तै नेकपा (एमाले) बाट निश्कासनमा परेका नेता भीम रावलले आफूहरुलाई गरेको कारबाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन् । रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हाँस्यास्पद भएको बताएका छन् ।

    सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले रावललगायत वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

    त्यसलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका हुन् ।

    ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले भनेका छन्।

    सोमबारको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दे सर्वोच्चमा रिट दायर गर्ने २३ मध्येका ११ सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया