• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    रोजगारीका लागि कतार गएकाहरुलाई खुसीको खबर, रोजगारदाताविरुद्ध अनलाइनबाटै उजुरी गर्न सकिने

    156
    SHARES

    दोहा । कतारमा रोजगारदाताविरुद्ध अनलाइनबाटै कामदारले उजुरी गर्न सक्ने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले सोमबार ‘गुनासो र व्हिसलब्लोवर्सका लागि एकीकृत प्लेटफर्म’ को सुरु गरेको हो ।

    मन्त्रालयका अनुसार पहिलो चरण शुरूमा निजी क्षेत्रका कर्मचारी र कामदारका साथै घरेलु कामदारहरूलाई गुनासो पेश गर्न अनुमति दिएको जनाएको छ । नागरिक र बासिन्दाहरूलाई श्रम कानूनको सामान्य उलङ्घन बारेमा ह्वाइटलब्लोर गुनासो पेश गर्न अनुमति दिएको हो ।

    इलेक्ट्रोनिक प्लेटफर्मको माध्यमबाट नागरिकहरू, प्रवासीहरू र प्रतिष्ठानहरूले कतारको श्रम कानून प्रावधानको अधीनमा रहेका संस्थाहरूको बिरूद्ध उजुरी गर्न सक्ने मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले जनाएको छ ।

    कतारको २००४ कानून नं १४ र घरेलु श्रमिक २०१७ को कानून नं १५ अन्तर्गत पर्ने कामदार अथवा श्रम मन्त्रालयले नियमित गरेका व्यवसायिक कामदारले यो नयाँ प्लेटफर्मबाट उजुरी गर्न सक्नेछन् ।

    यो प्लेटफर्मको माध्यमबाट प्रयोगकर्ताले गुनासो पेश गर्न वा उलङ्घन रिपोर्ट गर्न, उजूरीमा अनुगमन गर्न र आफ्नो व्यक्तिगत डाटा समीक्षा गर्न सक्दछ । यो डाटाबेस मन्त्रालयमा दर्ता गरिएको छ जसमा कामदारले आफ्नो सम्पर्क डाटा मोबाइल नम्बर र ईमेलबाट अपडेट गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

    कतार सरकारले सुरु गरेको यो प्लेटफर्मबाट कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई आफ्ना गुनासो तथा समस्याहरु राख्नमा थप सहज हुने छ । कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया