• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती विशेष समाचार

    कोरोना बिरुद्ध ललितपुरमा नेकपाको जनसहयोग एवं हातेमालो अभियान सुरु

    11.4K
    SHARES

    ललितपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अन्य २ वटा संस्थाले संयुक्तरुपमा “कोरोना बिरुद्ध अभियान सुरु गरेका छन् । कोरोना बिरुद्ध जनचेतना, जनसहयोग एवं हातेमालो” अभियानको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल ढुंगेधारा वस्तीमा सोमबार उक्त अभियानको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा आयोजक नेकपाका नेता कार्यकर्ता, नेपाल स्वास्थ्य बिज्ञान ब्यबसायी संघ त्रिपुरेश्वर र जिरे खुर्सानी कृषि सहकारी संस्था लिमिटेड चापागाउँसँग आबद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा अथिति तथा अभियानता नेकपाका नेता भिमसेन घिमिरे ‘विपिन’ र सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले जिरे खुर्सानी कृषि सहकारी सस्न्थामा आबद्द कृषकहरुका साथै अन्य ५० घरधुरी स्थानियहरुलाई माक्स, सेनीट्राइजर, ग्लोब्स र निसंक्रमण निर्मलीकरण गर्ने औसधी र स्प्रे वितरण गरिएको छ ।

    सामाग्री वितरण कार्यक्रममा बोल्दै सहयोगी संस्थाका तर्फबाट नवराज बस्नेतले आफुहरु कोरोना संक्रमणबिरुद्ध निरन्तर सहयोगी भूमिका खेल्ने र संक्रमणबाट बच्ने उपायहरुबारे जनचेतना फैलाउने कार्यमा लाग्नुका साथै अभियान्तहरुसँग हातेमालो गरेर समाजलाई निरन्तर सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।

    यस्तै कार्यक्रमका अतिथि विपिनले आफुहरुले पार्टीको नीतिअनुसार महामारीबाट आहत भइरहेका जनतालाई सक्दो सेवा गर्ने उदेश्यले यसखाले अभियान संचालन गरेको बताएका थिए । यस्तै उनले  पूजीवादी दलाल संसदीय ब्यबस्था र त्यस अन्तर्गतको सरकारले कोरोना नियन्त्रण एवं रोकथाम गर्न पूर्णतः असफल एवं अनुत्तरदायी भएको भएको आरोप पनि लगाएका छन् ।

    बिपिनले अहिलेको कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयाबह संकट पैदा भएको बेलामा समेत सरकार र संसदवादी पार्टीहरु कुर्चीको घृणित खेलमा रमाईरहेकोले जनतामा बितृष्णा पैदा भएको र अब यसखाले जनविरोधी ब्यबस्था र साशकहरुलाई फालेर जनमुखी ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्न अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।

    जिरे खुर्सानी कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वति बन्जाराको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको संचालन संस्थाकै सौरब बन्जाराले गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया