• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    कोरोनाबाट सनराइज स्कूलका प्रिन्सिपलको मृुुत्यु, आमा र दिदीको पनि ज्यान गयो

    417
    SHARES

    चितवन । चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उनको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

    स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उनि १६ दिनदेखि अस्पताल भर्ना भएका थिए । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उनलाई सामान्य ज्व’रो आएको थियो ।

    “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, आचार्यले भने।” उनको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको थियो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताए ।

    आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेटिभ आएको थियो । स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत थिए । पुख्यौली घर दोलखा भएका उनको परिवार काठमाडौंमा बस्दै आएको थियो । उनका श्रीमती र एक छोरा छन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया