• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update बागमती

    काठमाडौँ उपत्यकामा लागु भयो अहिलेसम्मकै यस्तो कडा नियम, जारी भयो सूचना

    8.8K
    SHARES

    काठमाडौँ । दिनप्रतिदिन बढिरहेको कोरोना महामारीलाई काठमाडौँ उपत्यकामा अर्को कडा नियम लागु बहेको छ । यसैसाता जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो । अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुबै सजाय हुनसक्ने समेत जनाइएको छ ।

    अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँचलाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारबिाट तत्काल जरिवाना हुनसक्ने समेत सूचनामा उल्लेछ ।

    मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना गर्ने उल्लेख छ ।

    त्यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले होल्ड गर्न सक्ने समेत जनाइएको छ । अध्यादेशको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनाको लागि सम्म बन्द गर्न आदेश दिन सक्ने समेत जनाइएको छ । गत शनिबार अध्यादेशलाई कडाइका साथ कार्यान्वयन गर्नको लागि गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई परिपत्र गरेको थियो ।

    स्वास्थ्य सङ्कटकाल लगाउन सक्ने स्वास्थ्य मन्त्रीको सङ्केत

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकालको विषयमा छलफल भइरहेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । जनस्वास्थ्यविद्हरुको सुझावका आधार स्वास्थ्य मन्त्रालय अगाडि बढ्ने मन्त्रालय सचिव लक्ष्मण अर्यालले बताए ।

    देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । कोरोनाविरुद्धको खोप खरिदका विषयमा अमेरिका, बेलायत, चीन, रुस लगायतका देशसँग सकारात्मक छलफल भइरहेको मन्त्री त्रिपाठीको भनाइ छ ।

    खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए ।

    कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।

    स्वास्थ्यमा यस्ता सामान्य समस्या देखिए तत्काल परीक्षण गर्न चिकित्सकले दिए सुझाव

    नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ ।

    वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा. सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरे ।

    सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन जाँच गर्ने भनेर नबसी स्वास्थ्य जाँच गरी ढुक्क हुनुपर्ने उनले बताए । ढिला अस्पताल पुग्ने बिरामीलाई बचाउन अप्ठ्यारो भएकाले स्वास्थ्य सतर्कता अपनाउन दासले अनुरोध गरेका हुन् । सबै ज्वरोलाई कोभिड नै ठानेर परीक्षण गर्नुपर्ने सुझाव चिकित्सकको छ । छिटो परीक्षण गरे स्वास्थ्य सुरक्षाका विधि अपनाएर बिरामीलाई बचाउन सकिने चिकित्सकको अनुभव छ ।

    पहिलो चरणमा कोरोनाले युवालाई फरक पर्दैन भनी बेवास्ता गरेकामा दोस्रो चरणमा धेरै युवालाई समातिरहेको छ । बालबालिका पनि प्रभावित हुन थालेका छन् । अझ तेस्रो चरणमा बालबालिकालाई धेरै असर गर्ने विज्ञको अनुमान सार्वजनिक भइरहेका बेला स्वास्थ्य सजगता अपनाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । बिरामीले आफैँ औषधि किनेर खाने नगरी चिकित्सकको सल्लाहमा मात्र अघि बढ्नुपर्ने सुझाव दासले दिए ।

    जनसङ्ख्याको ७० प्रतिशतभन्दा बढी नागरिकलाई खोप नलगाएसम्म स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव उनको छ । प्रशस्तमात्रामा सुत्न, यथेष्ट मात्रामा पानी पिउन पनि उनले सल्लाह दिएका छन् । छ दिनभन्दा बढी ज्वरो आए घरमा नबसी तत्काल चिकित्सककहाँ जान चिकित्सकले सुझाव दिएका छन् । दोस्रो लहर अझै १० दिनसम्म रहनसक्ने दासको भनाइ छ । दोस्रो चरणमा धेरैलाई निमोनिया भइरहेको छ ।

    कार्यक्रममा पूर्व मुख्यसचिव एवं सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेल, अभियानकर्मी राजकुमार भट्टराईलगायतले आम मानिसमा चेतना जागृत गर्न जुम प्रविधिका माध्यमबाट साप्ताहिक रूपमा कार्यक्रम आयोजना गरिएको बताए । महाअभियानले प्रत्येक दिन बिहान साढे छ बजेदेखि एक घण्टासम्म कोरोनाबाट बच्न सहयोग पुग्ने प्राणायाम, योगासनलगायत साधनासमेत गराइरहेको छ ।

    तपाईलाई मधुमेह छ भने कोरोनाका यी पाँच लक्षणलाई बेवास्ता नगर्नुहोस, नत्र जान ज्यान

    दीर्घ रोगीका लागि कोरोना थप खतरनाक साबित भइरहेको छ । मधुमेह पनि ती दीर्घ रोगमध्ये पर्छन् जसले कोरोनाका बिरामीको समस्यालाई थप बढाइरहेको छ । हुन त कोरोनाको दोस्रो लहरले स्वस्थ व्यक्तिहरुलाई पनि आफ्नो चपेटामा पारिरहेको छ तर पनि मधुमेहका रोगीमा यसको गम्भीरता अलि बढी नै देखिएको छ ।

    ब्लड सुगरको खराब स्तरले इन्सुलिनको उत्पादनमा असर पार्छ र यसका कारण प्रतिरोधी क्षमता कमजोर हुन्छ । यसबाहेक मधुमेहका बिरामीको रक्त सञ्चार पनि राम्रो हुँदैन त्यसैले उनीहरुलाई निको हुन अलि समय लाग्छ ।

    मधुमेहका बिरामीलाई यदि कोरोना भएको छ भने यसका लागि भाइरल लोडसँग लड्न थप मुश्किल हुनेगर्छ । यतिमात्रै होइन, उनीहरुमा अन्य थुप्रै रोग देखिने खतरा बढ्ने गर्छ । कोरोना भएपछि मधुमेहका बिरामीमा मुटु, साससँग सम्बन्धित समस्या र फोक्सोको रोग लाग्ने सम्भावना बढ्ने गर्छ ।

    मधुमेहका रोगीलाई कोरोनाका अन्य केही लक्षण पनि महसुस हुन सक्छन् । यदि समयमा नै ध्यान नदिए यो घातक पनि हुनसक्छ । आउनुहोस्, त्यस्ता लक्षणबारे जानकारी लिऔं जसलाई नजरअन्दाज गर्नु भारी साबित हुनसक्छ ।

    छालामा डाबर र नङमा असरः दोस्रो लहरमा धेरै मानिसहरुलाई साधारण लक्षण अघि छालामा डाबर देखिने, सुन्निने वा एलर्जीजस्ता समस्या महसुस भइरहेको छ । जस्तै कि हात–खुुट्टाका नङमाथि असर देखिन थाल्छ र छालामा रातो धब्बाजस्तो लक्षण ती कोरोनाका बिरामीमा धेरै पाइएका छन् जसको ब्लड सुगर लेभल अत्यधिक छ ।

    मधुमेहका बिरामीको घाउ चाँडै निको हुँदैन । हाई ब्लड सुगरका कारण छाला अत्यधिक रुखो हुन्छ । यसबाहेक छाला सुन्निने, रातो धब्बा, फुस्रो हुने सम्भावना बढ्ने गर्छ । यी सबै चिज कोरोना लाग्दा पनि हुनसक्छ । त्यसैले मधुमेह भएका कोरोनाका बिरामीले आफ्नो छालाको विशेष ध्यान राख्न आवश्यक छ र सुरुवाती लक्षणमा ध्यान दिन जरुरी छ ।

    कोभिड निमोनियाः कोरोनाका बिरामीलाई निमोनिया खतरनाक साबित हुनसक्छ । विशेषगरी उनीहरुलाई जसलाई पहिले नै मधुमेहको खतरा छ । बढेको ब्लड सुगरले साससँग सम्बन्धित समस्या बढाउँछ जसका कारण कोरोना थप गम्भीर हुने गर्छ । डाक्टरका अनुसार मधुमेह उच्च भइरहेका बेला भाइरस निकै सजिलै शरीरमा फैलिने गर्छ र अन्य अंगलाई खराब गर्न थाल्छ ।

    अक्सिजनको कमीः दोस्रो लहरमा कोरोनाका बिरामीमा अक्सिजनको कमी सबैभन्दा धेरै देखिएको छ । मधुमेहका बिरामीको प्रतिरोधी क्षमता कमजोर हुने बित्तिकै ती मानिसहरुमा अक्सिजनको कमीको खतरा थप बढ्ने गर्छ । मधुमेहका बिरामीलाई सास फेर्न समस्या र छाती दुख्नेजस्ता लक्षण बढी पाइएको छ । यसबाहेक हाइपोक्सियाको पनि सबैभन्दा बढी खतरा मधुमेहका बिरामीलाई नै देखिएको छ । हाइपोक्सियामा बिन कुनै लक्षण अक्सिजन लेभल कम हुन थाल्छ ।

    ब्ल्याक फंगसः कोभिड–१९ मा ब्ल्याक फंगसको खतरा अचानक बढ्दै गइरहेको छ । यसका कारण मानिसहरुको टाउको दुख्ने, आँखा कमजोर हुने र सुन्निनेजस्ता लक्षण देखिएका छन् । कतिपय अवस्थामा त यसका कारण बिरामीको ज्यान पनि गइरहेको छ । यो विशेषगरी कोरोनाबाट निको भइसकेका ती बिरामीलाई भइरहेको छ जसको ब्लड सुगर असाध्यै धेरै हुन्छ वा उनीहरुलाई स्टेरोइडको बढी डोज दिइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया