• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    ओलीलाई विप्लवको कडा कडा चेतावनी, नागरिकता अध्यादेशबारे निकाले यस्तो विज्ञप्ति

    31.1K
    SHARES

    काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जारी गरेको अध्यादेशका बारेमा विप्लव नेतृत्वको नेकपाले बिज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्बजनिक गरेको छ । पार्टीका महासचिव विप्लवले सोमबार अपरान्ह एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्बजनिक गरेका हुन् ।

    विप्लवले राष्ट्रपतिद्वारा जारी गरिएको नेपाली नागरिकता (पहिलो संशोधन) २०७८ खारेज गर्न माग गरेका छन् । उनले उक्त कदमलाई राष्ट्रहितविरुद्धको कदम भन्दै यस्ता अध्याधेश लागु नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी समेत दिएका छन्।

    विप्लवले एकातिर अहिलेको संविधान जारी गर्दा नै नागरिकतासम्बन्धि कैयौँ गलत एवम् त्रुटिपूर्ण प्रावधानहरू रखिएको र त्यसका बारेमा आफ्नो पार्टीले त्यतिबेलै विरोध जनाईसकेको स्मरण गराएका छन् । हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार रहेकोले त्यो सुविधा पाउनुपर्ने भन्दै उनले तर नागरिका वितरणका नाममा राष्ट्रहित बिपरित अध्यादेश जारी गरेर राष्ट्रघात गर्ने उदेश्य राख्नु गलत भएको बताएका छन् ।

    आफ्नो सत्ता जोगाउनका लागि नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्तो निर्णय लिएको भन्दै विप्लवले त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने जनाएका छन् ।

    ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’ विज्ञप्तिमा भनिएकाे छ । यसअघि शनिबार मात्रै विप्लवले संसद बिघटन र अद्यावधिक चुनावबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

    शनिबार विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर पार्टीको निष्कर्ष सही सावित भएको उल्लेख गरेका हुन।

    सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने समेत विप्लवले बताएका थिए ।

    ‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ । शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानु पर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्था कै समस्या हो । यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरी पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुन्छ ।

    संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नु पर्छ । त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्धारा जनतालाई प्रदान गर्नु पर्छ । यदि जनमत संग्रहका लागि राजनैतिक पार्टीहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको स्पष्ट गर्दछौं ।’ उनले भनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया