• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    अन्ततः एमाले-माओवादी पार्टी एकता टर्‍यो ! सफल भयो सुष्मा स्वराजको नेपाल भ्रमण !

    11.8K
    SHARES

    काठमाडौं, २१ माघ ।

    नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता प्रक्रिया लम्बिने भएको छ। पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको छ।

    नयाँ सरकार गठन भएपछि मात्र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने एमालेका एक नेताले बताए। ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान अब नयाँ सरकार गठनमा केन्द्रित हुन्छ।’ –ती नेताले भने।

    निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल र वार्ता भए पनि सहमतिको टुंगो लाग्न सकेको छैन। माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमाले सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने नीतिमा रहेको छ।

    सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ। ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

    राष्ट्रियसभाको सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका लागि गठन गर्न भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुईवटा कार्यदल गठन हुन सकेको छैन।

    सहमति निर्माणका लागि ओली र प्रचण्डबीच पटक–पटक वान टु वान वार्ता भए पनि अध्यक्षकै विषयमा सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए। उनले भने– ‘पार्टी एकता हतारमा गर्ने विषय होइन, पर्याप्त गृहकार्य गरेर मात्र काम गर्नुपर्छ, पद बाँडफाँडमा केही कठिनाइ छ, अध्यक्ष तहमा मिलेपछि तल समस्या धेरै समस्या छैन।’

    पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन पार्टी एकता संयोजक समितिको बैठक बसे पनि ओली र प्रचण्डबीच नै मुख्य पद बाँडफाँडमा कुरा मिल्न नसक्दा थप प्रक्रिया अगाडि बढन सकेको छैन।

    एकता संयोजक समितिको बैठकमा ओली र प्रचण्डले नै थप गृहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए पनि एकता संयोजक समितिको बैठक अनिश्चित बनेको छ। शुक्रबार पनि ओली र प्रचण्डबीच संवाद हुन सकेन।

    पटक–पटकको छलफलमा एउटै अडान दोहोरिँदा विकल्पका बारेमा पनि ओली र प्रचण्डले अन्तरिक गृहकार्य गरिरहेको बताइएको छ। नेता र कायकर्तास्तरबाट पार्टी एकताको विषयमा अलमल भइरहेको विषयमा चिन्ता शुरू भए पनि ओली र प्रचण्डबीच नै कुरा मिल्न सकेको छैन। प्रचण्डले एकतापछि बन्ने एकीकृत पार्टीको सह–अध्यक्ष स्वीकार गर्ने हो भने पार्टी एकता प्रक्रिया सहजरूपमा अगाडि बढ्ने निष्कर्ष एमालेको छ।

    तर माओवादी केन्द्रले समानताको आधारमा ओलीले सरकारको नेतृत्व गरेपछि स्वाभाविक रूपमा पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डले पाउनुपर्ने अडान लिएको छ। तत्काल पार्टी एकता गर्ने मनस्थितमा माओवादी केन्द्र रहे पनि एमाले भने पार्टीको अध्यक्ष प्रचण्डलाई स्वीकार गर्ने विषयमा सहमति राखेपछि पार्टी एकताप्रति नै आशंका पैदा भएको नेपाल समाचार पत्रमा खबर छ ।

    भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भरमाबाट फर्किएसँगै ओलीले पार्टी एकतालाई थाति राखेर सरकार गठन तत्काल गर्ने निर्णय लिएका छन् । सुष्मालार्इ साेल्टीमा एक्लै भेटेका अाेलीले अाफ्नाे गाेप्य वार्ताका बारेमा अहिलेसम्म मुख खाेलेका छैनन तर एकतालार्इ पर्ख र हेर भन्दै माअाेवादी केन्द्रलार्इ यहि अवस्थामा झुण्ड्याएर एक्लै ५ बर्ष प्रधानमन्त्री बन्ने दाउ अब ओलीको देखिएको छ ।

    ओलीको यो निर्णयसँगै सुष्माको नेपाल भ्रमण सफल भएको राजनीतिक विश्लेषकहरुको बुझाई छ । सुष्माको गैरकुटनीतिक नेपाल भ्रमणको एमाले-माकेकै नेताकार्यकर्ताहरुले ब्यापक बिरोध गरेका छन् । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम, रामकुमारी झाँक्री लगाएतका नेताहरू ओलीदेखि फायर बनेका छन् । यता माअाेवादी नेता नारायनकाजी लगाएत प्रचण्डकाे सचिवालय पनि खुल्लमखुल्ला विराेधमा उत्रिएकाे छ ।

    एमालेका कार्यकर्ता ओलीसँग नै आक्रोशित

    नेकपा एमालेका एक कार्यकर्ताले अाफ्नै पार्टी अध्‍यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटलाई लिएर गम्भीर असन्तुष्टि जाहेर गरेका छन् ।

    गुणराज राईले अाफू एमाले भएको बताउँदै ओलीको कार्यशैली देखेर अाफू भारतको कुकुर भन्‍न बाध्य भएको बताएका छन् । उनले पार्टीका वरिष्ठ नेताहरुलाई नलिएरै एक्लै सुष्मा स्वराजलाई भेटेकोप्रति अापत्ति जनाएका छन् । उनले नेता माधव कुमार नेपाल र झलनाथ खनालको सुझाव समेत नलिएर सुटुक्क सोल्टी होटल पुगेर भेट्दा जनतालाई अपमान भएको बताएका छन् ।

    एमाले कार्यकर्ता राई सामाजिक संजाल फेसबुकमा लेख्छन्, ‘म नि नेकपा एमाले नै हो तर केपीज्यु तपाईँको कार्यशैली देखेर चाहीँ म नि भन्न बाध्य भए, भारतको कुकुर नै हो, तपाईँ नभए पार्टीका वरिष्ठ नेता माधब नेपाल झलनाथ खनाललाई सुझाब नलिइ सुटुक्क सोल्टी होटलमा भेट्ने के कारण थियो ? पार्टीको अध्यक्ष भएर यस्तै हो पारा ? तपाईँले जनताको अपमान गर्नु भएको छ, तपाईँहरु नेपालमा बसेर भारतको गुलामी गर्ने कुकुरहरु हो ।’

    त्यस्तै राईको कुरालाई समर्थन गर्दै रुम्बा जयले लेखेका छन्, ‘नकली राष्ट्रवादी उखानेको सुरुवालनै खोलेर टाप कसेछन्नी सुष्माले। हैट इन्डियन महिलाद्वार नेपाली उखाने पुरुष बलत्कृत भएको देखियो।’ राजिव चन्द सोडारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रेस संयोजक मनहरी तिमिल्सिनाले लेखेको स्टाटस सही भएको बताएका छन् । उनी अगाडि लेख्छन्, ‘तिमिल्सेनाले जे बाेले सत्य बाेले जे लेखे रियल, दुनियाँले देखेकाे लेखे अन्तत् उखाने महाेदयकाे राष्ट्रवाद सुष्मा स्वराजकाे फरिया भेटियाे ।’

    सोही समाचारमा जनी अहमद शेख भन्छन्, ‘कालो मान्छेलाई काले, होचोलाई डल्ले, कान नसुन्नेलाई बहिरो भनिदियो भने जसरी उ रिसाउछ त्यसरी नै ओलीलाई भनेपछि अनि ओली जि रिसाउदैनन त ?’

    प्रचण्डका प्रेस संयोजक भन्छन्

    नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर अारोप लगाएका छन् । प्रचण्डका स्वकीय सचिव समेत रहेका तिमिल्सिनाले ओली भारतको भक्त भएको बताएका छन् ।

    तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा ओली २०४६ देखि ०७२ सम्म भारतको भक्त भएको बताउँदै महाकाली सन्धीका प्रमुख योजनाकार भएको अारोप समेत लगाएका छन् । त्यसैगरी २०७२ देखि ०७४ सम्म राष्ट्रवादी नेता भएको तर २०७४ माघदेखि प्रधानमन्त्रीको लागि विदेशी हस्तक्षेप अामन्त्रण गरेको तिमिल्सिनाले बताएका छन् ।

    संयोजक तिमिल्सिनाले ओलीको तीन रुप भएको उल्लेख गरेका छन् । उनले ओलीका तीन अवतार भन्दै लेखेका छन्-

    १. ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

    २. २०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता, राष्ट्रका पहरेदार भए ।

    ३. २०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।

    प्रचण्डकै निवास बस्दै अाएका तिमिल्सिना दैनिक कार्यक्रममा सहभागी भएर प्रचण्डले बोलेका विषयमा संचारमाध्यमसँग समाचार उपलब्ध गराउँदै अाएका तिमिल्सिनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् । उनले ओलीलाई कुकुरसँग दाँजेका छन् ।

    प्रचण्डका प्रेस संयोजक‍ले नै एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भन्दै कुकुरसँग दाँजेपछि एमाले नेताहरु सशंकित भएका छन् । यो कुरा तिमिल्सिनाको व्यक्तिगत नभएर प्रचण्डले लेख्‍न लगाएको एमाले नेताहरुले बताउँन थालेका छन् ।

    एमाले-माके एकता र सरकार गठनबारे छलफल भइरहँदा प्रचण्ड सचिवालयबाटै ओलीलाई यति गम्भीर अारोप सार्वजनिक भएसँगै सामाजिक संजालमा विभिन्‍न प्रतिक्रिया अाइरहेका छन् । कतिपयले एमाले र माकेको एकता नहुने पक्का भएपछि प्रचण्डले सचिवालयबाट अाक्रोस पोखेको बताएका छन् ।

    प्रतिक्रिया