• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update जीवनशैली टिप्स

    कोरोना लागेपछि छविले लेखे यसबाट ब’च्ने उपायहरुबारे पढ्नैपर्ने स्टाटस्

    19.9K
    SHARES

    कोरोनाले देश नै आक्रान्त बनिरहेका बेला यसका लक्षण र यसबाट बच्ने उपायहरुबारे डाक्टरहरुले विभिन्न माध्यमबाट जानकारी दिने गरेका त छन् नै त्यसका अलावा कोरोना पीडित बिरामीले नै अझ यसबारे लेखे भने सम्भवतः नागरिकले त्यसलाई नै अझ बढी पछ्याउने पाइएको छ।

    यसै क्रममा एक जना कोरोनाका बिरामीले आफुमा देखा परेका लक्षण र त्यसबाट बच्ने उपायहरुबारे आलो स्तटास् लेखेका छन् । उनले भनेका छन्- “छाती बचाउनु नै बाँच्नु हो” म विगत १७ दिनदेखि कोरोनाको बिरामी थिए भने आजबाट पूर्ण रुपमा निको भएको छु । मेरो जीवनमा घटेको अहिलेसम्मको ठुलो पिडादायक घटना हो ।

    जसलाई आत्मबल र सहनसिलाताले जित्न सफल भए । हुन त मानिसपिच्छे फरक-फरक लक्षणहरु देखिन्छन रे तर मलाई देखिएका लक्षणहरु निम्न छन:-

    सुरुको तीन दिनसम्म हल्का-हल्का ज्वरो आउने, आँखाको माथिलो ढकनी दुख्ने, अल्छी लाग्ने, कस्तो कस्तो अनौठो महाशुस हुने, तेश्रो दिनदेखि छैठौं दिनसम्म ९९ देखि १०३ डिग्री ज्वरो आउने, नाक बन्ध हुने, लगातार खोकी लाग्ने, जिब्रोले स्वाद थाहा नपाउने, खाना मिठो नहुने, जतिबेला पनि सुत्न मन लाग्ने, हल्का हल्का जिउ दुख्ने हुन्छ ।

    छैठौं तीनदेखि दशौं दिनसम्म हल्का मात्र ज्वरो आउनु, जिउ दुखेर कोल्टे फर्किन नसक्क्नु, सयौ प्रयास गर्दा पनि ट्वाइलेट गएर दिशा गर्न नसक्नु, रात र दिन के हो भेउ नपाउनु, खाना देख्दा मन खिन्न हुनु ।

    एघारौंदेखि तेह्रौं दिनसम्म बेलुका मात्र हल्का ज्वरो, खाना रुच्दै जानु, निद्रा लाग्नु, टाउको हल्का भएको महशुस हुनु । तेह्रौंदेखि सत्रौ दिनमा शरीर कमजोर भएको अनुभव हुनु, योग गर्दा पनि पसिना पसिना हुनु, अनि कोरोना नेगेटिभ आउनु ।

    सैद्धान्तिक तथा बैज्ञानिक रुपमा के भन्छन त्यो त गौण कुरा हो तर व्यवहारिक र प्रयोगात्मक रुपमा मैले प्रयोग गरेर सफल भएका घरेलु बिधिहरु निम्न छन:-

    (क) बन्ध भएको नाक खोल्ने बिधि: एउटा पाकेर पहेलो भएको कागती लिएर काट्ने अनि नाकको दुवै प्वालमा आलोपालो ५/६ थोपा रस हाल्ने अनि नाक खुल्छ फलस्वरूप स्वास हेर्न सजिलो हुन्छ । जति बेला बन्ध हुन्छ, त्यतिबेला रस हाली हाल्ने, २/३ दिन हाल्दा पूर्ण रुपले नाक खुल्ने छ ।

    (ख) खोकी कम गर्ने विधि: एउटा गिलासमा दुईतिहाइ जति चामल लिने अनि मकै भुटे जसरि हल्का रातो हुने गरि भुट्ने, त्यसलाई चिसो पानीमा हाल्ने अनि बाफ बाहिर जान नदिइ ढकनले २ मिनेट छोप्ने, त्यसपछि तातातै त्यो पानी पिउने र सकिन्छ भने त्यो चामल पनि खाने, ४/५ खुराक खाएपछि खोकीको असर कम हुदै जान्छ । ‘छाती बचाउनु नै बाँच्नु हो’, खोकीको असरले छाती दुख्न थाल्छ ।

    (ग) निदाउने विधि: अरु दिन हल्का फुल्का निद्रा लागेपनि छैठौं तीनदेखि दशौं दिनसम्म पटक्कै निद्रा लाग्दैन, रात हो या दिन हो थाहानै हुदैन, जिउ दुखेर कोल्टे फर्किन नसक्ने हुन्छ, यो घडीमा निदाउनु ठुलो कुरा हो ।

    सतही क्षेत्रफल बढी हुनाले आकाश तिर फर्किएर सुत्दा खोकी लाग्दा छातीमा बढी चाप पैदा हुन्छ त्यसैले कोल्टे फर्किएर सुत्नुपर्छ । साथै खुट्टा खुम्चाएर सुत्दा जिउ निकै दुख्ने हुनाले सिधा पारेर सुत्ने, सकेसम्म चल्नुहुदैन अनि निद्रा लाग्छ ।

    (घ) फलफुल खाना हुन्छ ? फलफूलले शरीरलाई शक्ति दिएपनि घाँटिलाई भने निकै असर गर्दो रेहेछ, जुन दिन फलफुल खाएर सुतिन्छ नि त्यो दिन खोकी लाग्दो रहेछ, खोकिको असरले छातीमा समस्या हुने गर्छ, त्यसैले चिसो चिज खानु हुदैन, फलफुल उसिनेर खाँदा जाति हुने रहेछ ।

    (ङ) खाना मिठो हुन्छ ? उच्च ज्वरो आएको बेला पटक्कै खाना रुच्दैन, गन्ध र स्वाद थाहा नै हुदैन, भात त देख्न पनि मन लाग्दैन, यस्तो अवस्थामा तातो दालको रस, तातो जुस, खान सकिन्छ तर उच्च ज्वरो भएकाले बढी जिउ तताउने खाना खानु हुदैन । मिठो नभए पनि पानीले पेलेर भएपनि पेटसम्म खाना पुर्याउनुपर्छ ।

    (च) योग गर्न सकिन्छ ? लागेको तीन दिनदेखि एघारा दिनसम्म योग गर्न मैले सकिन, अरु दिन सकेसम्म गरियो । यदि सधै सक्नुहुन्छ भने सुनमा सुगन्ध ।

    (छ) पानी कति खाने ? मैले एक पटक ट्वाइलेट गएपछि एक गिलास तातो पानि नियमित रुपमा खांदै आएको छु, र सबै भन्दा खान सजिलो पानी हो, शरीरमा पानी भएपछी खुसि महशुस हुदो रहेछ ।

    (ज) बाफ लिने, छाती बचाउने, एउटा उपाय भनेको तातो पानीको बाफ लिने रहेछ । मैले दिनमा ३ पटक र रातिमा २ पटक गरि एक फेरमा १०/१५ मिनेट बाफ लिई रहेको छु । बाफ लिदा नाक र मुख खुल्ने गर्छ र हल्का भएको अनुभूति हुन्छ ।

    (झ) बेसार पानी, ज्वानो पानी, आयोर्बेधिक धुलो, सिटामोल र अरु औसधी पनि पटक-पटक प्रयोग गरियो ।

    (ञ) सामाग्रीहरु:- थर्मोमिटर, प्लस अक्सिमिटर, अन्तमा अहिले अक्सिजनको अभाबले मान्छे छट्पटीएको अबस्थामा हामीले छाती जोगाउन सकिएको खण्डमा कोरोनालाई सजिलै पाखा लगाउन सकिन्छ।

    छाती जोगाउन चिसो चिजबाट बच्नुपर्छ, चिसो फलफुल, दहि खानु हुदैन । कोरोनाले सिकाएको कुरा के हो भने कोरोना लाग्नु अघि हेल्चेक्र्याई गर्नुहुदैन, यदि लाग्यो भने आत्मबल, सहनसिलता र छाती जोगाएर, अरुका नचाहिने कुरा नसुनेर मात्र कोरोनालाई जित्न सकिन्छ । स्वस्थ नै धन हो । छविलाल पोखरेल, कीर्तिपुर, काठमाडौँ ।

    कोरोना संक्रमितमा देखिन सक्ने यी ११ लक्षण, कस्तो लक्षण देखिए के खाने, के नखाने ?

    कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ। कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ। मधुमेह, उच्च रक्तचापजस्ता जीवनशैलीसँग सम्बन्धित दीर्घ रोग भएका व्यक्तिहरु कोभिड १९ संक्रमित भएमा संक्रमणका लक्षण र दीर्घरोगको प्रकृति समेतलाई ध्यानमा राखेर खानपान गर्नु पर्दछ। दीर्घ रोग समेत रहेका कोरोना संक्रमितले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाहमा खानपानमा ध्यान दिन आवश्यक छ।

    यस रोगको उपचारका लागि कुनै प्रभावकारी औषधि तयार भई नसकेको अवस्थामा खानपान र जीवनशैलीलाई स्वस्थ राख्दै संक्रमणबाट जोगिने उपायहरु अवलम्बन गर्नु मात्र अहिलेसम्मको विकल्प हो।

    यस महामारीमा संक्रमणको दर, संक्रमणको जोखिम र मृत्युमा व्यक्तिको पोषण अवस्थाले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। त्यसैले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुको जीवन रक्षाका लागि उपयुक्त पोषण अत्यावश्यक हुन्छ। उचित पोषणले रोग प्रतिरक्षा प्रणाली बढाउँनुका साथैसंक्रमणको जटिलता र अस्पताल बस्ने दिन समेत घटाउँदछ।

    सामान्यतया कोभिड-१९ संक्रमित (लक्षण नभएकाले समेत) खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ।

    टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने।

    फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा आवश्यकताका आधारमा खाने।

    दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने। कम्तिमा २ लिटर पानी दैनिक पिउने। बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने। चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।

    ६० बर्षमाथिको उमेर समूहकाहरुको हकमा उनीहरुको हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।

    रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने। भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ। भिटामिन ए का स्रोतहरु ः मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।

    भिटामिन सि का स्रोतहरु : अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।
    भिटामिन इ का स्रोतहरु : काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।
    जिङ्कका स्रोतहरु : गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि।

    दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने। धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने। बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने। कार्बोनेटेड पेय पदार्थहरु नखाने। चिल्लो, तारेको खानेकुराहरु नखाने।

    धुम्रपान तथा मद्यपान नगर्ने। लक्षणका आधारमा खानपानको व्यवस्थापन खोकी लागेमा- मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ। छिट्टै अघाएको महसुस भएमा-पटक पटक थोरै थोरै शक्तिवद्र्धक खानेकुरा खानु पर्दछ।

    खान मन नलागे वा भोक कम लागेमा
    फलफूल प्रसस्त मात्रामा खानु पर्दछ।पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक
    मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।

    तौल घटेमा
    पर्याप्त मात्रामा पोषणयुक्त तथा सन्तुलित खाना खाने गर्नु पर्दछ। पटक पटक थोरै मात्रामा खाना खाने गर्नु पर्दछ। पर्याप्त मात्रामा शक्ति तथा प्रोटिन दिनेखाना खानु पर्दछ। कम शक्ति दिने खानेकुरा जस्तै पातलो सुप, चिया, जुस धेरै खानु हुँदैन। यस्ता खाने कुराले पेट भर्ने काम गर्दछ तर क्यालोरीको कमी हुन सक्छ।

    सास फेर्न गाह्रो भएमा
    कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ। शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खानुपर्दछ। प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ। पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन। कुनै कुनै अवस्थामा दैनिक क्यालोरी आवश्यकतामा ५० प्रतिशतले सम्म कम गर्नु पर्ने हुन सक्छ र बिस्तारै खानेकुराको मात्रा बढाउदै जानुपर्दछ जसले गर्दा श्वासप्रश्वासमा सहज हुन्छ।

    शरीर दुखेमा वा थकाई लागेमा
    खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा समावेश गर्ने। चिनी वा गुलिया खानेकुरा कम खाने। मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने। पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने। पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने। शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

    धेरै खकार, सिगान आएमा
    भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने। मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने। हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो, च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।

    वान्ता भएमा
    थोरै थोरै गरी पटक पटक खाना खाने। बिहान उठ्ने वितिक्कै सुख्खा खाना खाने। धेरै तातो खानेकुरा नखाने। चिल्लो कम भएका खानेकुरा खाने। खाना सँगसँगै झोल वा पानी नपिउने। थोरै पछाडी ढल्किएर (४५ देखि ९० डिग्री कोणमा) बसाएर खाना खाने÷खुवाउने। बढी मसलेदार, बढी गुलियो, बढी चिल्लो भएका र कडा गन्ध भएका खानेकुरा नखाने÷नखुवाउने।

    रक्तअल्पता देखिएमा
    आइरन बढी भएका खानेकुरा जस्तैः हरिया सागपात, मासु, कलेजो, माछा, दाल, गेडागुडी खाने। खानासँगै भिटामिन सि भएका अमिला फलफूलहरु जस्तैः कागती, अमला आदि खाने। चिया, कफी नखाने। चिकित्सकको सिफारिसमा मात्र रगत बढाउने औषधि खाने।

    शरिर सुन्निएमा, फोक्सोमा पानी जमेमा
    खानामा नुनको मात्रा घटाउनु पर्दछ। झोलिलो खानेकुरा र पानीको मात्रा घटाउनु पर्दछ। प्रसस्त पोटासियम पाउने खानेकुरा खानु पर्दछ। मेथीको साग, बन्दा, हरियो धनिया, नास्पाती, आँप, चाइनिज साग, मुला÷गाँजर, लट्टेको साग, भुईँकटहर, अमला, घिरौँला, करेलो, पालुंगो, साग, मेवा, आलुबखडा, चिचिन्डो, भान्टा ।

    आलु÷पिँडालु÷तरुल, स्याउ, कागती, लौका, काउली, सख्खरखण्ड, अम्बा, आरु, इस्कुस, सिमी, कर्कलो, खरबुजा, केरा, परवल, भिन्डी, सबैखालको गाढा हरियो सब्जीहरु, स्टबेरी, जुनार, सुन्तला, काँक्रो, हरियो प्याज, सजिवन, अनार, एभोकाडो, बकुल्ला, फर्सी, हरियो मेवा, मटर कोसा, हरियो भटमास लगायतका तरकारी तथा फलफुलमा पोटासियम पाइन्छ।

    ज्वरो आएमा
    ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ। आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ। बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिसमा खाद्य पुरकको प्रयोग गर्नुपर्दछ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया