• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    भेँडा चराउँदा किसानले फेला पारे करोडौँको यस्तो बस्तु, किन गरे सरकारलाई दान ?

    278
    SHARES

    बेलायतको कट्सभोल्ड्सस्थित ग्रामीण इलाकामा भेँडा चराउने एक किसान एकै झट्कामा झण्डै करोडपछि बने । ५७ वर्षका भिक्टोरिया बोन्ड नामका भेँडी गोठालाले चौरमा यस्ता दुईवटा पत्थर फेला पारे कि त्यो बिक्रि गरेको भए आफुले चाहे अनुसारको करोडौँ मूल्य पाउँथे होलान् ।

    वास्तवमा ती पत्थर उल्कापिण्डका टुक्रा थिए तर हेर्दा सामान्यजस्तो देखिने । उल्कापिण्डका ती टुक्रा गत ४ अर्ब वर्षदेखि अन्तरीक्षमा घुमिरहेका थिए र गत फेब्रुअरीमा पृथ्वीमा खसेका थिए । आफ्नै गाउँ नजिकै पत्थर खसेको आवाज भिक्टोरियाले पनि सुनेका थिए ।

    ती दुई टुक्रा उल्कापिण्डको मूल्य करोडौँ पर्ने बताइएको छ । तर भेँडीगोठालाले उक्त पत्थरहरु नेचुरल हिस्ट्री म्युजियमलाई दान गरेका छन् ।

    संग्राहलयले ती पत्थरहरु प्रदर्शनीमा राख्नेछ । ती दुर्लभ पत्थरको नाम विन्चकम्ब उल्कापिण्ड राखिएको छ । बेलायतमा पछिल्लो ३ दशकमा फेला परेको यो पहिलो उल्का पीण्ड हो ।

    स्मरण रहोस् भिक्टोरियाले दुर्लभ उल्कापिण्ड फेला पारेको खबर थाहा पाएसँगै वैज्ञानिकहरु उनको घर पुगेर डेढ करोड रुपैयाँ बराबरको रकममा किन्ने प्रस्ताव राखेका थिए ।

    तर ती किसान निकै मनकारी रहेछन् । त्यो पत्थर दुर्लभ र बहुमूल्य उल्कापिण्ड हो भन्ने जब उनले थाहा पाए तब त्यसलाई बिक्रि गर्न मानेनन् र संग्राहलयलाई दान गरे ।

    यस्तै मेरिकामा ६ महिना अघि हराएकी एक महिला एउटा सानो पालमुनि जीवितै फेला परेकी छिन् । उटास्थित एक गल्छीबाट हराएकी ती ४७ वर्षीया महिला ६ महिनासम्म झारपात तथा घाँस खाएर बाँचेको बताइएको छ ।

    साल्ट लेक सहरभन्दा ४० माइल दक्षिणमा पर्ने स्पेनिश फोर्क क्यान्योनबाट गत नोभेम्बरमा हराएकी थिइन् । गल्छी नजिकैको गाडी पार्किङस्थलमा उनको कार तथा क्याम्पिङका सामानहरु मात्र फेला परेका र ती महिला नभेटिएपछि उनी बेपत्ता भएको घोषणा गरिएको थियो । उटा काउन्टीस्थित प्रहरी कार्यालयले उक्त क्षेत्रमा ती महिलाको खोजी कार्य गरेको थियो ।

    तर ती महिलालाई फेला पार्न नसकेको र उनका आफन्तसँग पनि सम्पर्क हुन नसक्दा ती महिला कारलाई त्यहीँ छाडेर कोलोराडोतिर गएको हुनसक्ने अनुमान गर्दै उनी बेपत्ता भएको ठहर गरे । यद्यपि खोज तथा उद्धार दलले स्थल तथा हवाई माध्यमबाट समेत उनको खोजीकार्य जारी राखेको थियो । अन्ततः गत हप्ता ती महिला फेला परिन् ।

    वास्तवमा ती महिला फेला पर्नु पनि एउटा अनौठो संयोग तथा काकताली बन्यो । खोजी कार्यलाई सघाउनका लागि उडाइएको ड्रोन खोँचमा खसेपछि उक्त ड्रोन खोज्दै ड्रोनका पाइलट र प्रहरी अधिकारी ड्रोन खसेको ठाउँतर्फ गए ।

    जब उनीहरु त्यहाँ पुगे एउटा पूरानो र प्रयोग भएर छाडिसकिएको जसतो पाल टाँगिएको अवस्थामा उनीहरुले देखे । जब उनीहरु उक्त पालको नजिक पालको चेन खोलेर एक महिला त्यहाँ देखा परिन् । आखिर ती हराएकी महिला उनै थिइन् जो ६ महिनादेखि सोही पालभित्र बसेकी थिइन् ।

    ६ महिनासम्म त्यसरी बेवारिसे अवस्थामा निर्जन ठाउँमा पालभित्र बसेकी ती महिला निकै दुब्ली र कमजोर अवस्थामा थिइन् । आफू खोँचमा हराएसँगै जानीबुझीकन पालभित्र बसेको भन्दै उनले कष्टपूर्ण तरिकाले जाडोयामको चिसो कटाएको र घाँस, झारपात र नजिकैको नदीको पानी खाएर बाँचेको बताइन् ।

    अधिकारीहरुले ती महिलाको उद्धार गरी उनको मानसिक स्वास्थ्यको जाँचका लागि अस्पताल लगे । ती महिला आगामी दिन पुनः गल्छीमा उसैगरी बस्न चाहेमा कानूनले रोक्न नसकिने अधिकारीहरु बताउँछन् । ती महिलाको नाम चाहीँ खुलाइएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया