• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आफ्नो बैंक खातामा एक्कासी ३ करोड आएपछि दंग परिन् यी महिला

    547
    SHARES


    अमेरिकाको टेक्सास निवासी एक महिला एक दिनका लागि करोडपति बनिन् । बैंकले उनको खातामा गल्तीवश ३७ मिलियन डलर जम्मा गरिदिएको थियो ।

    रुथ बलुन नामकी ति महिलाले आफ्नो कामको सिफ्ट सकेर आफ्नो फोनमा एकाउन्ट चेक गरिन् । त्यतिबेला दंग परिन् जतिबेला उनले आफ्नो खातामा ३ करोड भन्दा धेरै डलर रहेको देखिन् । ‘बैंक खातामा यति धेरै पैसा देखेर म खुशी भएँ,’ स्थानीय सञ्चारमाध्यमहरूलाई बलुनले भनिन्।

    केही समय लामो लामो सास लिएपछि बलुनले यो कुरा आफ्नो पतिलाई बताइन् । उनको पतिले यतिधेरै पैसा कसरी आयो भनेर बैंकसँग कुरा गर्न सल्लाह दिए । उनले बैंकका अधिकारीहरूसँग यसबारेमा कुरा गरिन् । ‘उनीहरू पनि अचम्म परे,’ बलुनले भनिन्, ‘यत्रो पैसा गल्तीवश मेरो एकाउन्टमा ट्रान्सफर भएको विषय उनीहरूलाई पनि थाहा रहेनछ ।’

    बैंकका अधिकारीहरूले उनीसँग माफी मागे र उनको एकाउन्टबाट पैसा फिर्ता गरे । ‘मलाई लागेको थियो, कसैले मलाई गिफ्ट गर्यो,’ बलुनले भनिन्, ‘तर मेरो खुसी धेरैबेर टिक्न सकेन । त्यो पैसा गल्तीवश मेरो एकाउन्टमा आएको रहेछ । अनि बैंकले पैसा फिर्ता लग्यो ।’ बैंकले कुनै विदेशीले पैसा जम्मा गर्ने क्रममा गल्तीवश उनको एकाउन्ट नम्बर थिचिएको भन्दै विज्ञप्ति नै निकालेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ