• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर समाचार

    आज गएको शक्तिशाली भूकम्पले भत्किएका घरहरु, हेर्नुहोस तस्विरमा

    521
    SHARES
    सबै तस्बिर स्रोत: जिबी घिमिरे प्रदीपको फेसबुकबाट।

    काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँएका छन्के भने केहि मानिस घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले अहिलेसम्म १२ घर भत्किएको र ४ जना मानिस घाइते भएको जनाकारी आएको बताए । उनले घटनास्थलमा पुगेको जानकारी दिए ।

    भूकम्पमा परी ८४ वर्षीया वृद्धा, ३६ वर्षीया महिला, २२ वर्षीय गोविन्द अधिकारी भूकम्प गएको बेला बार्दलीबाट हाम फाल्दा बेहोस भएको प्रजिअ लुइटेलले बताए । ठूला साना भुकम्पका धक्काहरु अझै पनि गइरहेको बेशीसहर नगरपालिकाका प्रेस सल्लाहाकार कृष्ण केसीले बताए ।

    त्यस्तै अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ-तेको प्रभावले नेपालमा पनि परेको छ। पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बिहीबार देशभरिको मौसममा बदली भएको छ। अहिले २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक /दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाले यसको प्रभाव अझै केही दिन नेपालमा रहने बताएको छ। महाशाखाका अनुसार आउने २४ घन्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावनासमेत रहेकाले खोलानालामा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

    २०७८ जेठ ५ गते बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ।

    राती: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ। हेर्नुहोस तस्बिरमा 

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया