• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्पोरेट विजनेश

    सेयर बजारमा उत्साह कायमै, २७५९ बिन्दुको नयाँ रेकर्ड

    176
    SHARES

    काठमाडौं। आइतबार मात्रै ऐतिहासिक उचाइ लिएको नेप्सेले सोमबार थप उचाइ लिएर नयाँ रेकर्ड कायम गरेको छ। २० अंकले बढेको बजारमा नेप्से सूचकले नयाँ ऐतिहासिक उचाईको रेकर्ड बनाउँदै २७५९ बिन्दुमा पुगेको छ।

    कारोबार रकम र किनबेच भएको सेयर संख्याले साथ दिइरहेकाले सेयर बजार केही समय माथि नै जाने बजार विश्लेषक विष्णुप्रसाद बस्यालले बताए। आइतबार लगातार बढिरहेको सेयर बजारमा सोमबार भने उतारचढावसहितको वृद्धि देखिएको छ।

    यसले बजार दैनिक रूपमै करेक्सन आएर अघि बढ्ने संकेत दिएको लगानीकर्ताको भनाइ छ। बैंक ब्याजदर एकल अंकमा रहेसम्म सेयर बजार सकारात्मक दिशामै अघि बढ्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

    दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो
    रुरु जलविद्युत, समता घरेलु लघुवित्त, राधी जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट, ज्योति विकास बैंक र विशाल बजार कम्पनीको सेयर मूल्य भने १/१ प्रतिशतले मात्रै घटेको छ।

    एक हप्ता देखि पुनर्बीमा कम्पनीको सर्वाधिक किनबेच
    सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। पछिल्लो एक हप्तादेखि नै कम्पनीको सेयर सर्वाधिक किनबेच भइरहेको छ।

    नेपाल टेलिकमको ४२ करोड, शिखर इन्स्योरेन्सको ३१ करोड, अरुण काबेली पावरको २५ करोड र माथिल्लो तामाकोशीको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    म्युचुअल फण्डसहित २१८ कम्पनीको एक करोड ९० लाख कित्ता सेयर एक लाख २ हजार पटक किनबेच हुँदा ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। म्युचुअल फण्डबाहेक एक करोड ७२ लाख कित्ता सेयर ९ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन्। १४ कम्पनीको मूल्य स्थिर रहँदा ५६ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया