• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    कोरोनाबिरु’द्ध लड्न अमेरिकाले गरिदियो यस्तो घोषणा

    513
    SHARES

    एजेन्सी । चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड-१९ ने अहिले विश्वका अधिकांस देश आक्रान्त बनेका छन् । सारा विश्व कोरोना महामारीसँग जुधिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको अर्को नयाँ घोषणाले विश्व नै तरंगित बनेको छ ।  राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।

    यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्।

    ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’

    अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।

    बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए।

    कुन-कुन मुलुकले खोप पाउँछन् भन्ने ह्वाइटहाउसले खुलाएको छैन। बाइडेन प्रशासनले आगामी दिनमा कुन मुलुकमा खोप पठाउने भन्ने निर्णय गर्नेछ। बाइडेनले गत साता संसारका ४० प्रतिशत देशबाट नेताहरूले खोपको लागि आफ्नो प्रशासनलाई सम्पर्क गरेको बताएका थिए।

    ती मुलुकहरूलाई ८ करोड डोज खोप दिने बाइडेनको घोषणालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडनोम गेब्रेयेसुसले स्वागत गरेका छन्। उनले खोप वितरणका सहयोग गर्न कोभ्याक्स तयार रहेको पनि बताएका छन्।

    समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ? 

    अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।

    यस्तोमा केही मानिसलाई दोस्रो डोज कहिले पाउने हो भन्ने चिन्ता छ भने केहीलाई अब कहिले खोप लगाउन पाउने हो भन्ने चिन्ता छ । कोरोना खोपबाट उब्जिएका केही प्रश्न र त्यसको उत्तर दिने प्रयास यहाँ गरिएको छ –

    पहिलो डोज लिएपछि संक्रमित भए के गर्ने ?
    कोरोना खोपको पहिलो डोज लिएपछि पुनः कोरोनाबाट संक्रमित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । सामान्य अवस्था भन्दा यो अवस्थामा केही शर्तहरु फरक छन् । भारतीय समाचार पोर्टल न्युज १८ ले उल्लेख गरेअनुसार भारतमा भने यस्तो अवस्थामा दोस्रो डोज लिन कोरोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्छ ।

    समयमा नै दोस्रो डोज खोप नपाए के हुन्छ ?
    कोरोना महामारी विश्वभर फैलिएको कारण खोपको माग पनि अत्यधिक छ । यस्तोमा समयमा नै दोस्रो डोज कोरोना खोप नपाउने हो कि भन्ने आशंका अहिले मानिसहरुमा छ ।

    भारतीय समाचार पोर्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभावकारी पाइएको थियो भने यो अन्तर ६ सातामा झार्दा प्रभावकारिता केवल ५५.१ प्रतिशत पाइएको थियो । यो तथ्यांकले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ प्रभावकारिता त्यति धेरै हुन सक्ने डाक्टरहरु बताउँछन् ।

    यद्यपि कोरोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभाव पर्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज खोप लिन बिर्सिने समस्या पनि हुन सक्छ । खोपको पहिलो डोजले पनि कोरोना संक्रमणविरुद्ध केही सुरक्षा दिने भए पनि दोस्रो डोज लिएपछि मात्र यसको पूर्णरुपमा उक्त खोप प्रभावकारी हुन्छ ।

    भारतका स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको बीचमा राख्न सिफारिस गरेका छन् । गत फेब्रुअरीमा प्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा कोभिसिल्डको दोस्रो डोज लगाउने अवधि १२ साता वा सोभन्दा धेरै राख्दा यसको प्रभावकारिता २६ प्रतिशत बढ्न सक्ने उल्लेख गरिएको थियो ।

    कोरोना संक्रमितले खोप लिने कि नलिने ?
    तपाईं कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भइसक्नु भएको छ भने तपाइँका लागि कोरोना खोपको लागि धेरै हतार गर्नु नपर्ने वैज्ञानिकहरु बताउँछन् । कोरोना संक्रमणबाट मुक्त भएपछि हाम्रो शरीरमा बनेको एन्टिबडी कम्तीमा ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडीले खोपले भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरु बताउँछन् ।

    यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यस किसिमको एन्टिबडी कति लामो समयसम्म रहन्छ भन्ने थाहा नभएकाले संक्रमण निको भएपछि कोरोना खोप लगाउनु उत्तम हुने बताएको छ ।

    पूर्ण डोज खोपको लिएपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?
    डब्ल्यूएचओकाअनुसार खोपले मानिसलाई कोरोनाको गम्भीर लक्षण देखिन र मृत्युबाट बचाउँछ । खोप लगाएको दुई सातासम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा प्रदान गर्न सक्दैन ।

    यद्यपि अझै पनि खोप लगाएको मानिस पनि कोरोनाबाट संक्रमित हुन र अरुलाई संक्रमण सार्न भने सक्छ । त्यसैले भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, बेलाबेलामा हात धुनेजस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्नु जरुरी हुने डब्ल्यूएचओले बताएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया