• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    बच्चाको तालुमा प्वाल देखेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा बाउआमा लज्जित

    699
    SHARES

    काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने पनि जुन कुनै आमा निकै आत्तिन्छिन् । बेलायतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो । बेकी स्टाइल्स नामकी ती महिलाले आफ्ना १० महिनाका छोरा हार्वेको डाइपर बदल्ने क्रममा मुखभित्र प्वाल देखेपछि उनको होसहवास उड्यो ।

    डेली रेकर्डको रिपोर्ट अनुसार बच्चाको मुखभित्रदेखि तालुसम्म प्वाल परेको देखिएको थियो । छोराको मुखादेखी तालुसम्म प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखेपछि उनले त्यो प्वाल छुने कोसिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ । पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमालाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चा लिएर तत्काल अस्पताल जान भने ।

    बेकीका अनुसार अस्पतालमा डाक्टरले हेर्नुभन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो । नर्सले जब नजिकै गएर हेरिन् त्यसपछि मात्रै थाहा भयो, बच्चाकी आमाले जसलाई प्वाल सम्झिरहेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो, जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो । यो एकदमै सामान्य स्टिकर थियो । सम्भवतः त्यो स्टिकर घरमा ल्याइएको कुनै सामानमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चाको मुखमा पुगेको थियो ।

    प्वालको वास्तविकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरिरहेकी थिइन् । तैपनि उनले यो घटना अरुलाई पनि सेयर गरिन्, ताकि अन्य मातापिता यस किसिमले नझुक्किउन् । महिलाले भनिन् ‘जब म बच्चालाई लिएर अस्पताल पुगें त्यसपछि हामीले नर्सलाई ढोकामै यसबारे बतायौं । उनीहरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरिरहेका थिए । यही क्रममा एक नर्सले मलाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्डपछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टिकर निकालेर देखाइन् ।’

    यस्तै कुनै कुनै घटनाहरु यस्ता हुन्छन् की जुन योजनाबद्ध थियो वा संयोगबस भन्ने जिज्ञासा नै उत्पन्न हुने गर्छ । यस्ता कुराहरु सहजै बिश्वास गर्न मुस्किल पर्छ । तर यस्तै भयो अमेरिकास्थित एक स्कुलमा । जुन अमेरिकाको कन्सास राज्यमा रहेको ओक स्ट्रीट स्कुलको कुरा हो । केही समय अगाडीको प्रसङ्ग हो, त्यस स्कुलमा अध्यापन गराउने ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भए ।

    यो योजनबद्ध तरिकाले नभई मात्र संयोग भएको क्याटी नाम गरेकी शिक्षिकाले बताएकी छिन् । गर्भवती हुने शिक्षिका एक जना एक सन्तानको आमा समेत बनिसकेकी छिन् । उनी आफुसंगै कार्यरत रहेका अन्य शिक्षिकाहरु पनि एकसाथ गर्भवती भएपछि निकै उत्साहित भएको बताउँछिन् । स्कुलका ७ शिक्षिका एकसाथ गर्भवती भएपछि अमेरिकामा यो खबरलाई जोक्सको रुपमा सेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरु इन्जोइ गरिरहेका छन् ।

    सो स्कुलमा १४ शिक्षिका रहेकामा आधाले मातृत्व अवकास लिएका छन् भने बाँकी रहेका ७ जना पनि एकसाथ गर्भवती भएपछि यसलाई निकै रोचकताका साथ हेरिएको हो । यस्तो कसरी सम्भवत भयो ? के यो योजनाबद्ध तरिकाले भएको थियो ? यस्तै सोचिन्छ तर शिक्षिकाहरुका अनुसार यो एउटा संयोग मात्र हो । उनीहरुले अब उक्त स्कुलको पानी कसैले पनि नखाने भन्दै हाँसो गरिरहेका छन ।

    यता ७ जना शिक्षिकाले पनि मातृत्व अवकास लिने भएपछि उनीहरुको स्थानमा अन्यलाई ल्याउने प्रिन्सिपल बताउँछिन् । स्कुलकी प्रिन्सिल एश्ले मिलरका अनुसार २० बर्षको करियरमा यस्तो घटना कहिल्यै नदेखेको बताउँछिन् । ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भएको कुरा सार्वजनिक भएपछि उनी छक्क परिन् । जसमा एक जना शिक्षिकाले त जुम्याहा जन्माउन लागेको उनको भनाई छ । बाँकी तलको भिडियोमा हेर्नुहोस ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया