• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    इजरायल-प्यालेस्टाइन यु’द्ध- कुन देश कसको पक्षमा ?

    541
    SHARES

    काठमाडौं । एक हप्तादेखि इजरायल र प्यालेस्टाइनबीच रक्तपातपूर्ण आ’क्र’मण जारी छ । इजरायलको आ’क्र’मणबाट गाजामा भारी क्षति पुगेको छ । इजरायलको आ’क्र’मणबाट एक सातायता २ सय जनाको मृत्यु भएको गाजामा प्यालेस्टाइनको चरमपन्थी संगठन हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा ५९ बालबालिका र ३५ महिलासमेत रहेको उल्लेख छ । यसैगरी १ हजार ३ सय ५ जना घाइते भएका छन् । यसैगरी इजरायली सेनाले हालसम्म १३० जना चरमपन्थीहरुलाई मा’रेको जनाएको छ ।

    यसैक्रममा एक हप्तामा गाजाबाट चरमपन्थीहरुले गरेको आ’क्र’म’णबाट हालसम्म १० इजरायलीको मृत्यु भएको छ, जसमा दुई बच्चा र एकजना सैनिक पनि रहेको बीबीसीले जनाएको छ ।

    विश्व समुदाय विभाजित

    इजरायल-प्यालेस्टाइन आक्रमणलाई रोक्ने कोसिस भइरहेको छ तर सफल भएको छैन । विभिन्न देशहरु दुई पक्षमा विभाजित भएपछि इजरायल-प्यालेस्टाइन युद्ध विश्वको मुद्दा बनिसकेको छ । धेरैजसो इस्लामिक देशहरु प्यालेस्टाइनीको समर्थनमा देखिएका छन् भने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले आफूलाई २५ बढी देशको समर्थन रहेको दाबी गरेका छन् ।

    अमेरिका र इजरायल एकअर्काका घनिष्ट मित्र हुन् भन्ने कुरा छिपेको छैन । त्यसैले विश्वको सुपर पावर भनिने अमेरिकाले इजरायललाई साथ दिएको छ । उसले इजरायललाई आत्मरक्षाको अधिकार रहेको बताउँदै आएको छ ।

    प्रमुख युरोपीय देश फ्रान्स, बेलायत र जर्मनी पनि इजरायलको पक्षमा छन् । त्यसैले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजरायल र प्यालेस्टाइनबीचको मुद्दामा भिटो आवश्यक पर्यो भने इजरायललाई फाइदा हुने बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा रुस र चीन पनि स्थायी सदस्य छन् ।

    इजरायलका राष्ट्रपति बेन्यामिन नेतन्याहुले आफूलाई समर्थन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका देशहरुमा अष्ट्रेलिया, अष्ट्रिया, अलबानिया, ब्राजिल, क्यानडा, कोलम्बिया, साइप्रस, जर्जिया, हंगेरी, इटली, स्लोभेनिया र युक्रेनलगायत छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुवै पक्षलाई संयम रहन आग्रह गरेका छन् । इजरायललाई आत्मरक्षाको अधिकार भए पनि प्यालेस्टाइनका नागरिकहरु पनि सुरक्षित रहन पाउनु पर्ने उनको मत छ ।

    अर्कोतर्फ इस्लामिक देशहरुले इजरायलले गरेको आ’क्र’मणको कडा विरोध गर्दै आएका छन् । उनीहरुले प्यालेस्टाइन क्षेत्रमा हुँदै आएको हिंसा रोक्न माग गर्दै आएका छन् । इजरायलको विरोध गर्ने देशहरुमा साउदी अरब, टर्की, इरान, इराक, पाकिस्तान, युएई, कुवेतलगायत छन् । खाडीका धेरै देशहरुले इजरायलको खुलेर विरोध गर्दै आएको बीबीसीले जनाएको छ ।

    इजरायलको छिमेकी देश जोर्डनका राष्ट्रपतिले इजरायलको आ’क्र’मण रोक्न गहन कूटनीतिकरुपमा गहन प्रयास भइरहेको जनाएका छन् । जोर्डनमा प्यालेस्टाइनको समर्थनमा र्यालीहरु निक्लने गरेका छन् ।

    अर्को एक छिमेकी देश लेबनानले पनि प्यालेस्टाइनमाथि भइरहेको आ’क्र’मण रोक्ने पहलका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।इजरायलको छिमेकी देश इजिप्टले संघर्षविरामका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कोसिस गरिरहेको बीबीसीले जनाएको छ ।

    अमेरिकाको दोहोरो भूमिका

    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेष्टाइनबीच गाजामा जारी हिं’सा अन्यको माग गरेका छन् । बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्दै यु’द्धविरामको आग्रह गरेका हुन् ।

    तर, हिं’सा अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पेश भएको संकल्प प्रस्तावलाई भने अमेरिकाले फेरि रोकेको छ । अमेरिकाले हमासलाई आतं’कवादी संगठन बताउँदै आएको छ र हमासविरुद्धको कारबाहीलाई भने जायज रुपमै लिन्छ ।

    ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ,‘बाइडेनले निर्दोष सर्वसाधारणको सुरक्षाका लागि हरेक प्रयास गर्न इजरायललाई प्रेरित गर्नु भएको छ । दुई नेताहरुले हमास र अन्य आतंककारी समूहबीचको अपरेशनमा भइरहेको प्रगतिबारे छलफल गर्नुभएको छ ।’ बाइडेन यु’द्धबि’रामको समर्थनमा रहेको इजिप्ट तथा अन्य साझेदारहरुसँग यस विषयमा वार्ता चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

    अहिले इजरायल प्यालेस्टाइन विवाद दोस्रो सातामा चलिरहेको छ र हिं’सा रोकिने थोरैमात्र संकेत देखिएको छ । यस हिं’सामा प्यालेस्टाइनतर्फ कम्तिमा २ सय २१ मानिसको मृत्यु भइसकेको छ । जसमा ६१ बालबालिका समावेश छन् । इजरायलतर्फ पनि दुई बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।

    यस्तो भ’या’वह अवस्थाका बाबजुद इजरायली सेनाले प्यालेस्टाइनतर्फ मा’रि’एका अधिकांश व्यक्ति मिलिसिया रहेको दाबी गरेको छ । सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आ’क्र’मण जारी रहने घोषणा गरेका थिए । गाजामा शासन गरिरहेको हमासले पनि प्रत्याक्रमणका लागि आफु तयार रहेको जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया