• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    काठमाडौं उपत्यकामा मात्रै ३०९८ संक्रमित थपिए

    229
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

    सोमबार देशभर थप ९,२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । त्यस्तै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन्।

    सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताएका हुन।

    अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे।

    उनले भने – ‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ । हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुंगा नाकामा आइसकेका छौँ ।

    अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन । निषेधाज्ञा पूर्ण पालना भएको छ । कार्यान्वयन भएको छ । चेक जाँचलाई कडा बनाइएको अवस्था छ ।

    यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ । नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ । अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ।’

    पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताए।

    नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि जानकारी दिए। प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको बताए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया