• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय रोचक-विचित्र

    तीन करोड चिनियाँ केटाहरुले विवाह गर्ने केटी नै पाएनन्, यस्तो छ कारण

    250
    SHARES

    एजेन्सी । चीनमा झन्डै ३ करोड केटाहरू विवाह गर्ने केटी नपाएर अविवाहित बसेको देखिएको छ। केहीदिन अघि सार्वजनिक भएको चिनको सातौं जनगणनाको तथ्यांकले छोरीहरूको जन्मदर केही बढेको देखाए पनि धेरै अभिभावकले छोरा जन्माउने प्रवृत्ति कायम रहेकाले विवाहका लागि केटी नपाउने समस्या अझै केही समय रहने देखिन्छ।

    गत वर्ष चीनमा १ करोड २० लाख बच्चा जन्मिएका थिए। तीमध्ये १०० जना छोरी जन्मिँदा १११.३ जना छोरा जन्मेका थिए। सन् २०१० को तथ्यांकभन्दा यो अनुपात यसपालि केही घटेको हो। त्यतिबेला १०० छोरी जन्मिदा ११८.१ छोरा जन्मिने गरेका थिए। छोरा र छोरीको जन्ममा यत्रो फरक हुनुले चिनियाँ समाजले अहिले पनि छोरा नै महत्व दिएको देखिन्छ । हङकङ युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीका प्राध्यापक स्टअर्ट जिटेन(बास्टेनले चिनियाँ समाजमा यो समस्या अझै लामो समयसम्म रहने बताए।

    चीनमा सामान्यतः केटाहरूले आफूभन्दा कान्छी केटीसँग विवाह गर्छन्। तर अहिले त केही केटाहरू विवाहका लागि निकै बुढा भइसकेका छन्,’ उनले भने,‘ अर्कातिर अहिले धेरै महिलाहरू एक्लै बस्न थालेका छन्। यसले विवाह प्रणालीलाई नै समस्यामा पारिदिएको छ।’ गत वर्ष जन्मिएका बच्चाहरूको तथ्यांकलाई नै आधार मान्ने हो भने जब उनीहरू विवाह गर्ने उमेरमा पुग्नेछन् त्यतिबेला ६ लाख केटाहरूले विवाहका लागि केटी पाउने छैनन्।

    सिआनको जियाटोङ विश्वविद्यालयका जनसंख्याका प्राध्यापक जियाङ क्वानबाओका अनुसार सन् १९८० देखि २०३० को बीचमा चीनमा छोरीहरूभन्दा झन्डै ४ करोड बढी छोरा जन्मिएका थिए। त्यही भएर अहिले विवाहका लागि केटी नपाउने समस्या भएको हो।

    सन् १९७९ मा सुरू भएर २०१६ मा सकिएको चीनको ुएक बच्चाु नीतिले पनि छोरीहरू गर्भमै मारिने र छोरामात्रै जन्माउने प्रवृत्तिलाई बढवा दिएको उनले बताए । चीनको तथ्यांक विभागले अहिले चीनमा एक महिला सरदर १।३ बच्चा जन्माउँछन्। जबकी जनसंख्याको स्थायित्वका लागि त्यो दर २.१ प्रतिशत हुनु पर्छ। चीनमा निम्न वर्गमा पुरूषहरूले विवाहका लागि केटी नपाउने समस्या बढी झेल्नु परिरहेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया