• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आइसाेलेसनमा बसेका प्रधानामन्त्रीका प्रेस सल्लाहकार थापालाई कसले दियो श्रद्धाञ्जली ?

    1.6K
    SHARES

    काठमाडौँ । आइसाेलेसनमा बसेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई श्रद्धाञ्जलीको ओइरो लागेको छ । सल्लाहकार थापाले सामाजिक संञ्जालको दुरुपयोग गर्दै आफू बिरुद्ध अपराधपुर्ण कार्यहरु भएको भन्दै आपत्ति जनाएका छन् ।

    थापाले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू आईसोलेसमा रहेका बेला जिउँदो मान्छेलाई श्रद्धाञ्जली दिने कार्य भएको भन्दै साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई दोषीहरू उपर कडा कारबाही गर्न विशेष माग गरेका छन् ।

    उनले लेखेका छन् – “म आइसोलेसनमा रहेका बेला कतिपय यस्त निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । युगपुरूष प्रचण्ड नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ श्रद्धाञ्जलि नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।”

    उनले भनेका छन् “बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ ।

    यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै:-

    ”म आइसाेलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेकाे पाएर आश्चर्यचकित भएको छु । “युगपुरूष प्रचण्ड” नामक ग्रुपबाट नै म जिंउँदाे मान्छेलाई दुष्ट नियतका साथ “श्रद्धाञ्जलि” नै दिइएकाे देख्दा अपराधीहरूकाे कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।

    बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फाेटाेसप गरेर मेराे स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेकाे गिराेहकाे अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएकाे छ ।

    त्यस्ता तत्वहरूलाई तथ्यकाे आधारमा प्रतिष्पर्धा एवं तर्ककाे सामना गर्न म चुनाैति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनकाे क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नाे कर्तव्य निर्वाह गरी दाेषीहरू उपर कडा कारबाही गर्न विशेष जाेड दिन चाहन्छु ।

    यस्तै प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

    वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै रिट हालेका हुन् । रिट उपर मंगलबार सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।

    प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । निवेदकले संविधानको धारा–८० अनुसार शपथ बदर गरेर दोस्रोपटक शपथ गराउन माग गरेका छन् ।

    प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् । रिट निवेदकले संविधानमा उल्लेख गरिएको कामकाजी भाषामा नै शपथ लिनुपर्ने माग गरेका छन् ।

    निवेदकहरुले दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ति बदर गर्न माग गरेका छन् । मन्त्री पदमा पुनः नियुक्त हुँदा संघीय संसद नभइ मन्त्री हुन नपाउने संवैधानिक व्यवस्था रहेको कानुन बरिष्ठ अधिवक्ता ज्ञवालीले बताए ।

    ‘मन्त्रीहरुको नियुक्ती संवैधानिक सर्वोच्चताको मूल्यविपरीत भएको धारा–१३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न आग्रह गरिएको छ’ सर्वोच्चमा दर्ता भएको रिटमा भनिएको छ–‘संघीय संसदको सदस्य नभएको व्यक्ति एकपटक मात्र मन्त्री हुन पाउने र ६ महिनाभित्र संसद सदस्यता लिनुपर्ने संवैधानिक व्यवस्था छ ।’

    टोपबहादुर रायमाझीसहितका मन्त्रीले पहिलोपटक ०७७ पुस ११ मा शपथ लिएका थिए । त्यस्तै ‘बादल’लाई जेठ ६ मा हुने राष्ट्रियसभाको उप–निर्वाचको आचारसंहिता मिचेर मन्त्री नियुक्त गरेको दावी गरिएको छ । रिट निवेदक कानुन व्यवसायीले शपथ लिने कानुन नै नबनेको भन्दै कानुन बनाउन परामादेश जारी हुन माग गरेका छन् ।

    यसैबीच प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन वर्षअघि दुई पार्टी मिलेर बनेको नेकपालाई केही नेताहरूको विभाजनकारी सोच तथा क्रियाकलापका कारण निष्कर्षमा पुर्याउन नसकिएको दाबी गरेका छन् ।

    २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार वक्तव्य जारी गर्दै ओलीले नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको जनाएका छन् ।

    ‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,’ वक्तव्यमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

    तर उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै एमाले नयाँ स्वरूपमा पुनःस्थापित भएको दाबी पनि ओलीले गरेका छन् । ‘आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको छ,’ वक्तव्यमा छ, ‘हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौं ।’

    मदन भण्डारीले राष्ट्र तथा नेपाली जनताका लागि पुर्‍याएका योगदान दूरगामी महत्त्वको र अतुलनीय रहेको भनी ओलीले स्मरण गरेका छन् । उनले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् ।

    तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । यस दिनलाई एमालेले मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । यही दिवसको अवसर पारेर ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेका थिए । तर ०७७ फागुन २३ को सर्वोच्चको फैसलाले उक्त एकता बदर गरिदिएपछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन् ।

    पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्यो : गौतम

    मदन–आश्रित दिवसकै अवसरमा एमाले नेता वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितका नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोजेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड मदन र कमरेड आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वेषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु हो । तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हाबी हुन खोज्दै छ ।’

    एमालेसहित बृहत् वाम एकतामार्फत भण्डारी र आश्रितका मार्गदर्शनलाई सार्थक बनाउन गौतमले नेता–कार्यकर्तालाई सुझाव पनि दिएका छन् । त्यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन उनले एमालेका जिम्मेवार नेतालाई आग्रह गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया