• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    लेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि, चेल्सी पराजित

    222
    SHARES

    काठमाडौँ । लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्शकको उपस्थितिमा लन्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

    लेस्टरका लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३ औँ मिनेटमा लङ रनेजबाट उत्कृष्ट गोल गरेका थिए । ८९ औँ मिनेटमा लेस्टरकै पूर्वखेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो तर भीएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

    यसअघि चारपटक फाइनल खेले पनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौँपटकमा भने विजेता बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल खेले पनि उपविजेता बनेको थियो ।

    उता ८ पटक उपाधि जितेको लन्डन क्लब चेल्सी लगातार दोस्रोपटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लोपटक सन् २०१८ मा एफए कप जितेको थियो । अर्को लन्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक र म्यानचेस्टर युनाइटेडले १२ पटक जितेका छन् ।

    यस्तै इटालियन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ । इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ ।

    घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन–दुई गोल अन्तरले हराएको छ । जितसँगै युभेन्टस शीर्ष चारमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे । इन्टरका लागि पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया