• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    348
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ ।

    यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यस्तै नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य तथा मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राख्न सो पोर्टन सञ्चालनमा ल्याएको हो ।

    वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ ल्याइएको http://gunaso.nrb.org.np पोर्टलमा गुनासो दर्ता गरेपछि दर्ता भएको जानकारी र दर्ता नं इमेलमार्फत प्राप्त हुनेछ । त्यस्तै गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने र दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत नै जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया