• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    भारतीयले निर्माण गरिरहेको अरुण तेस्रोमा ह’मला, ४२ गाडी तो’डफोड २७ भवनमा आ’गजनी

    7.4K
    SHARES

    काठमाडौं । सङ्खुवासभामा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् परियोजनामा ह’मला भएको छ । भारतीय निर्माण कम्पनी सतलजले ठेक्का पाएको ९०० मेगावाट बिद्धुत निकाल्न सक्ने क्षमताको उक्त जलविद्युत् परियोजनामा त्यहाँ कार्यरत मजदुरहरुले ह’मला गरेको बताइएको छ।

    उक्त परियोजनामा काम गर्ने एक मजदुरको सुरुङभित्र मृ’त्यु भएपछि क्षतिपूर्तिको माग गर्दै आयोजना स्थलका निर्माण सामग्रीमा मजदुरहरुले तो’डफोड गरेको समाचार स्रोतले जनाएको छ । बुधबार बिहान साढे ८ बजे सुरुङभित्र बारुद राख्ने गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुर शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृ’त्यु भएको थियो भने सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका थिए।

    विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको पटेल इञ्जिनीयरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै कामदारहरुले कम्पनीका ४२ वटा गाडी तथा जेसीबी तो’डफोड गर्नुका साथै २७ वटा भवनमा आग-जनी गरेका थिए । त्यस्तै कामदारहरुले वस्तु उत्पादन गर्ने अत्याधुनिक मेसिन र सुरुङ भित्र हाल्ने पाईप तो’डफोड गरेका थिए ।

    प्रहरी प्रशासनले आन्दोलनरत कामदारहरुलाई नियन्त्रण गर्न सकेको थिएन । कामदारहरु आ’क्रोशित भएपछि निर्माण कम्पनीले रु ५० हजार क्षतिपूर्ति दिने भने पनि मजदुरहरुले रु ५० लाख बीमा रकम हुने भन्दै सो रकमको माग गरेको मृ’तकका भाइ रामस्वरुप रानाले बताए।

    मजदुरले ठुलो संख्यामा गाडीमाथि ह’मला गर्ने र भवनमा आगजनी गर्ने क्रम सुरु भएपछि भने मजदूर र सतलजको बीचमा सहमति भएको जनाइएको छ । सहमतिमा अवरुद्ध भएको आयोजनाको काम सञ्चालन गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफलपछि मृतकका परिवारलाई सतलजले ३० लाख, सीडी इन्फ्रा निर्माणले ५ लाख र मजदुरहरुबाट प्रतिव्यक्ति ५-५ हजार जम्मा गरेर ५ लाख रकम जुटाई ४० लाख क्षतीपूर्ती दिनेगरी सहमति भएको त्यहाँका मजदुरहरुले जानकारी दिएका छन् ।

    वार्तामा मजदुरहरुका तर्फबाट राजकुमार राई, भक्तराज राई र अशोक कुग्लुङ सहभागी थिए भने सतलजका म्यानेजर अनसुल गोस्ताम सहभागि भएका थिए । कूल रु एक खर्ब ४४ अर्ब लागत निर्माण भइरहेको आयोजनाले काम सम्पन्न गरेर २०२२ मा उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ। अरुण तेस्रो जलविद्युत्को निर्माणको काम एसजेभिएनले गरिरहेको छ। अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदूर कार्यरत छन्।

    मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो बांधस्थल र चिचिला गाउँपालिका–२ दिदिङ पुखुवामा विद्युत् गृहस्थलमा निर्माण कार्य भइरहेको छ। विद्युत् गृहस्थल पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ। यी दुई कम्पनीमार्फत अन्य २० भन्दा बढी साना निर्माण कम्पनीले काम गरिरहेको आयोजनाले जनाएको छ।

    यसैबीच भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न नयाँ औषधि विकास गरिएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएको हो ।

    सोमबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनलगायत कोरोना भाइरसविरुद्धको औषधि ‘टू–डीजी’ सार्वजनिक गर्दै
    भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले सोमबार ‘टू–डीजी’ (टू–डीअक्सी–डी–ग्लुकोज) औषधि सार्वजनिक गरेका हुन् । औषधि डिफेन्स रिसर्च डिभलपमन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिजसँगको सहकार्यमा विकास गरेको हो । डाक्टर रेड्डिज प्रयोगशाला हैदराबादस्थित औषधि उत्पादक कम्पनी हो ।

    धूलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्ने गरी उत्पादन गरिएको हो । शरीरका कोषसम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको छ । कम्पनीका अनुसार औषधि आवश्यकताअनुसार जुनसुकै परिमाणमा उत्पादन गर्न सकिन्छ । भारत सरकारले उक्त औषधि ‘कोरोना संक्रमित बिरामीका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख गरेको छ ।

    ‘क्लिनिकल परीक्षणका नतिजाअनुसार यो मलिक्युलले अस्पताल भर्ना भएका बिरामी छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई एड्जंक्ट थेरापी (सहायक उपचारविधि) का रूपमा प्रयोग गरिने उल्लेख छ ।

    डीआरडीओका अध्यक्ष डा. जी सतीश रेड्डीले भारतका ३० वटा अस्पताल र ठूलो संख्याका बिरामीमा परीक्षण गरेपछि औषधि सार्वजनिक गरिएको बताएका छन् । सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना संक्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको जनाइएको छ । स्वास्थ्यविद्ले भने कोरोनाको उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिन आवश्यक तथ्यांक उपलब्ध नभएको भन्दै आलोचना गरेका छन् ।

    यस्तै केही दिनयता भारतमा कोरोना संक्रमण घट्दै गएको छ । दैनिक ४ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भइरहेको भारतमा पछिल्लो समय संक्रमण घटेकाले केही राहत भएको छ ।

    भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा २५ दिनपछि पहिलो पटक एक दिनमा ३ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण कम भए पनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । अहिले पनि भारतमा दैनिक ४ हजारको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ४ हजार १ सय ६ जनाको मृत्यु भएको छ । त्यस्तै आइतबार भारतमा ३ लाख ७८ हजार ७ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

    भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्(आईसीएमआर) का अनुसार आइतबार १५ लाख ७३ हजार ५ सय १५ नमुना परीक्षण गरिएको थियो । त्यस्तै भारतमा अहिलेसम्म १८ करोड २९ लाखभन्दा बढी डोज कोरोना खोप लगाइएको छ ।

    भारतमा अहिलेसम्म २ करोड ४९ लाख ६५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब २ करोड ११ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ३ सय ९० पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया