• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चीनले लगायो यस्तो प्रतिबन्ध

    385
    SHARES

    काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

    नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो ।

    चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।

    चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण भएको थिएन ।

    सिजनको पहिलो आरोहण बहराइनको टोलीले गरेको थियो । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको टोली वैशाख २८ गते बिहान सगरमाथाको चुचुरोमा पुगेको थियो ।

    यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

    केही दिनअघि सगरामाथा आधार शिविरमा बिरामी भएर काठमाडौं फर्काइएका केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसी नेपालीमा प्रकाशित समाचार अनुसार सगरमाथा आधार शिविरबाट उपचारका लागि काठमाडौं फर्काइएका आरोहीमध्ये १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    ‘सरकारप्रति ८५ प्रतिशत चिनियाँहरू सन्तुष्ट’

    स्पेनको चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ । चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ ।

    पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरुचाइने गरेको उल्लेख छ ।

    जिलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेबसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेका बताए । रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।

    चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ- तथ्याङ्क विभाग

    चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए ।

    हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले औंल्याए ।

    चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्याँक ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ ।​​ निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्ने क्रममा देखिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया