• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अक्सिजन सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

    137
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

    शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले जानकारी दिए । बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६:४० मा नेपाल अवतरण हुने छ र शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ ।

    बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

    त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यहाँको सिलिण्‍डर उत्पादनको अवस्थालाई हेरेर कतिदिन उडान भर्ने भन्ने यकिन हुने नेपाल एयरलाइन्सले जनाएको छ । जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।

    त्यस्तै चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाँदै छ ।

    नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

    यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया