• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओली-नेपाल समूहबीच सिंहदरबारमा वार्ता जारी, काे-को छन् सहभागी ? यी हुन् छलफलका तीन एजेण्डा

    210
    SHARES

    काठमाडाैं । एमाले विवाद समाधानका लागि दुवै पक्षका नेताहरुबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओलीसँगको वार्तामा बस्नुअघि माधव नेपाल पक्षले तीनवटा बटमलाइन बनाएको बुझिएको छ ।

    जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए ।

    हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले बताए । ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।

    हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।

    काे-को छन् सहभागी ?

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल पक्षसँगको वार्तामा गृहमन्त्री रामबहादुर थापा बादललाई समेत सहभागी गराएका छन्। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालको भेटमा सहभागी दोस्रो तहका नेताहरूमा बादल समेत सहभागी भएका हुन्।

    फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराइदिएपछि बादल एमाले प्रवेश गरेका थिए। त्यसयता प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेका बादल सहितका नेताहरूलाई सहभागी गराएर पार्टीका बैठका राख्ने गरेका छन्।

    नेपाल पक्षले भने २०७५ जेठ २ गतेको पार्टी कमिटीका बैठकहरू राखेर एमाले प्रवेश गरेकाहरूलाई सहभागी गराउन सकिने बताउँदै आएका छन्। तर, प्रधानमन्त्री ओलीले भने बादलको समूहका नेताहरूबिनाको कुनै बैठक नराख्ने आफू निकटहरूसँग बताउँदै आएका थिए। सिंहदरबारको बैठकमा बादल सहभागी हुनुले पनि यही संकेत गरेको छ।

    सिंहदरबारको बैठकमा ओली पक्षबाट बादलका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लहाकार विष्णु रिमाल सहभागी छन्।

    नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सहभागी छन्। जेठ २ को अवस्थामा फर्किन तयार छु भनेर बादललाई सहभागी गराउनुले ओलीको नियतमा शंका उत्पन्न भएको नेपाल निकट एक नेताले बताए।

    ‘मैले पनि फोटोमा बादललाई देखेको छु। आज अनौपचारिक बैठक भएर पनि होला। तर बादलसहितको बैठकमा खुलेर कुरा हुनसक्छ कि सक्दैन भन्ने हो,’ ती नेताले भने, ‘कार्यदलमा समेत बादल बसे भने त सहमति हुनेमा आशंका रहन्छ। किनकि, हामीले त जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउन चाहेको हो। त्यो बेलाका कमिटीले बादललाई चिन्दैन।’

    सञ्चारकेन्द्र
    ema[email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया