• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    ओली र नेपालबीच सिंहदरबारमा वार्ता सुरु, अरु को को छन् सहभागी ?

    115
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् ।

    अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि छलफलमा सहभागी भएका छन् । बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको हो ।

    ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए ।

    आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए ।शुक्रबारको वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया