• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डलाई एकपछि अर्को धक्का, माओवादी नेता दाहालद्वारा पार्टी परित्याग !

    11.2K
    SHARES

    काठमाडौं, १८ माघ ।

    एमाेसँग एकताकाे तयारी भइरहेका बेला प्रचण्डलार्इ एकपछि अर्काे धक्का लागिरहेकाे छ । माअाेवादीका नेताहरू भकाभक पार्टी परित्याग गर्न थालेका छन् ।

    माओवादी केन्द्रका चर्चित नेता झक्कु सुवेदी र लेखनाथ न्याैपानेले राजिनामा बुझाएकाे रहस्य वाहिरिएकाे कहि दिनमै अर्का पोलिटव्युरो सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहालले  पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बुधवार साझ सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अब माओवादी केन्द्रमा नरहने घोषणा गरेका हुन् ।

    बुधवार दिउसो पार्टी अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डलाई समेत भेटेर पार्टी छोडने जानकारी गराएका थिए । दाहाल सहिद परिवार हुन । उनले दोरम्बामा आफ्ना जीवन संगिनी अम्बिका दाहाल गुमाएका थिए ।

    राष्ट्रिय सभा निर्वाचनमा उनकी श्रीमती गंगा पराजुलीलाई उम्मेदवार बनाए पनि अन्तिममा एमालेसँगको एकता टुट्ने भन्दै फिर्ता लिन लगाएपछि उनी असन्तुष्ट बनेका थिए ।  ‘हरी दाहाल अब माओवादी केन्द्रमा नरहने अन्तिम निर्णय गर्न बाँकी’ उनले लेखेका छन् । पार्टी एमालेमा बिलय हुने निश्चित भएपछि माओवादीका नेता कार्यकर्ताहरू लगातार पार्टी परित्याग गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ