• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    फेरि गयो ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, कहाँ हो केन्द्रबिन्दु ?

    768
    SHARES

    टोकियो। कोरोना महामारीकाबीच फेरि शक्तिशाली भूकम्पको धक्का गएको छ । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

    उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।

    त्यस्तै जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका हुन् ।

    सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य सङ्कटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ र यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ ।

    यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–सङ्कटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए ।स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, ‘होक्काइडो, ओकायामा र हिरोशिमामा सङ्क्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।’ यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।

    त्यस्तै इजरायलले गाजामा आफ्नो आ’क्र’मण तेज बनाएको छ । यता, प्यालेस्टाइनी मिलिसियाहरूले पनि पाँचौ दिन इजरायलमाथि रकेट ह’म’ला गर्न जारी राखेका छन् । गत सोमबारदेखि सुरु भएको लडाँइयता गाजा’पट्टीमा झन्डै १ सय १९ जना मा’रि’सकेका छन् । यस अवधिमा इजरायलमा आठ जनाको मृत्यु भएको छ ।

    शुक्रबारको ह’म’लामा एयर फोर्स र स्थल सेना संलग्न रहे पनि गाजापट्टीमा प्रवेश नगरेको दाबी इजरायली सेनाले गरेको छ । यद्यपी, गाजा शहरको भिडियोमा रातको समय आकाशमा ईजरायलतर्फबाट आ’क्र’मण गरिएको देखिएको छ ।

    यही समय इजरायलभित्र यहुदी र इजरायली अरब दस्ताबीच लडाइँ चलिरहेको छ । जसकारण इजरायलका राष्ट्रपतिले गृहयुद्धको चेतावनी दिएका छन् । रक्षामन्त्री बेनी गेन्टस्ले आन्तरिक शान्तिलाई मत्थर गर्नका लागि ठूलो रुपमा सुरक्षाबलको सुदृढीकरण गर्न आदेश दिएका छन्, त्यसयता ४ सयभन्दा धेरैलाई गिरफ्तार गरिसकिएको छ ।

    प्रहरीले यस समस्याका लागि इजरायल अरब जिम्मेवार रहेको जनाएको छ । यहुदी युवाहरुको गिरोहले अरबको घरमा निशाना साँध्दा मौन बसेको आरोप प्रहरीमाथि लागेको थियो, यस आरोपको पनि प्रहरीले खण्डन गरेको छ ।

    पूर्वी जेरुसलेममा हप्तौंदेखि बढेको तनावपछि यो अवस्था सिर्जना भयो, यस तनावका कारण मुस्लिम र यहुदी दुबैले पवित्र स्थल मान्ने गरेको क्षेत्रमा हिं’सा निम्तिएको थियो ।

    गाजामा आफ्नो शासन चलाएको सैन्य संगठन हमासले इजरायललाई यस क्षेत्रबाट फर्कन अल्टिमेटम दिए पनि इजरायलले उक्त चेतावनीको बेवास्ता गरेपछि उसले रकेट प्रहार गर्न थालेको थियो । त्यसको बदलामा इजरायलले पनि हवाई हमला सुरु गर्यो । जसको मारमा स्थानीय परेका छन् ।

    यस्तै भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । मुलुकभर कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    विगत चार दिनयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेको भन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ ।

    भारतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया