• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    विवाहको सात महिनापछि नेहा रोहनप्रितबीच हातपात, भाइरल बनेको भिडियोसहित

    527
    SHARES

    बलिउडकी चर्चित गायिका नेहा कक्कड आजकाल आफ्ना श्रीमान रोहन प्रित सिंहसँग आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहन्छन् । प्रशंसक पनि नेहूप्रीतको जोडी नै निकै रुचाउँछन् ।

    यसैबीच नेहा र रोहनको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ, यो देखेर जो कोही अचम्ममा परिरहेका छन् । भिडियोमा यो जोडी हातपात गरिरहेकोदेखिएका छन् ।

    यो भिडियोमा देख्न सकिन्छ कि नेहाले रोहनलाई जान भनिरहेकी छिन् । यसमा रोहनले नेहाको टाउकोमा बारम्बार हानिरहेको देख्न सकिन्छ ।

    रोहनको यस्तो व्यवहार देखेर नेहालाई रिस उठ्छ र उनले पनि रोहनलाई कुट्छिन् । यदि तपाईंले विवाहको ७ महिनापछि नेहा र रोहनको सम्बन्धमा तित्तता आएको हो कि भनेर शंका गर्नुभएको छ भने यस्तो होइन भनेर बुझ्नुहोस् ।

    वास्तवमा नेहाले यो भिडियो सेयर गरेर #khadTenuMainDassa लेखेकी छिन् । अर्थात्, यहाँ स्पष्ट छ कि यो नयाँ गीतको प्रामोशनको स्टाइल हो । हाल नेहा र रोहनको यो भिडियो तीब्र रुपमा भाइरल भइरहेको छ ।

    दिशाको ओठमा टेप लगाएर सलमानले गरेका थिए ‘कि’स सीन’

    बलिउडका सुपर स्टार सलमान खानको फिल्म “राधेः योर मोस्ट वान्टेड भाई’’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर धेरैले मन पराएका छन् । सलमान खानले दिशालाई चुम्बन गरेको दृश्य भने सबैको चर्चाको विषय बनेको छ ।

    सलमान खानले फिल्मका यस्ता दृश्य दिने गरेका थिएनन् । तर फिल्ममा सलमानले यो सिन गर्नैपर्ने भएपछि उनले दिशाको ओठमा टेप लगाएर सिन दिएका थिए ।

    दिशा पाटनीले सलमानसँग आफ्नो अनुभवको बारेमा बयान गर्दै फिल्मको माग र निर्देशकको आदेशको अगाडि सबैले फिल्मको कथाअनुसार सिन दिनुपर्ने समेत बताएकी छन् ।

    दिशाले थुप्रै वटा फिल्ममा किस सिन दिएकी छिन् । तर उनले सलमानसँगको अनुभव आश्चर्य लाग्दो भएको बताएकी छन् । उनले जुम डिजिटललाई अन्तरवार्ता दिँदै उनले अभिनेता तथा अभिनेत्रीले निर्देशकको सोचलाई पछ्याउनुपर्ने बताएकी छन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया