• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीसँग वार्ता सकिएलगत्तै माधव नेपालले दिए यस्तो प्रतिक्रिया

    631
    SHARES

    काठमाडौं । नेकपा एमालेकाअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको वार्ता सकिए लगत्तै बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा झण्डै साढे चार घण्टा छलफल भएको थियो ।

    उक्त छलफलछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ ।

    त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनकाअनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।

    त्यस्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।

    बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

    ३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताएका थिए ।

    सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

    यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

    एमालेमा ओलीलाई असीमित अधिकार, बने सर्वेसर्वा

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई एकपछि अर्को गर्दै असीमित अधिकार दिएको छ । सामान्यतया कम्युनिस्ट पार्टीमा सामुहिक निर्णय गर्ने गरिन्छ । तर, नेकपा एमालेमा भने व्यक्ति केन्द्रित अधिकार थोपर्ने प्रवृत्ति मौलाएको छ ।

    यही प्रवृतिका कारण दुई पार्टी मिलेर बनेको नेकपा विभाजित भएको धेरै समय नभएको र एमालेसमेत विभाजित मानसिकतामा रहेका बेला ओली भने आफूमा एकपछि अर्को अधिकार केन्द्रीकृत गर्ने ध्याउन्नबाट पछि हटेका छैनन् । एमालेले बिहीबारमात्रै ओलीलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।

    बालुवाटारमा बसेको स्थायी समिति बैठकले गरेका चार वटा निर्णयमध्ये ३ नम्बर निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई पार्टीभित्र र राष्ट्यि राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार ओलीमा प्रत्यायोजन गरेको उल्लेख छ ।

    ​‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    पहिल्यै खोलिएको थियो बाटो

    त्यसो त नेकपा एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘तानाशाही’ भएको आरोप लगाउँदै माधवकुमार नेपाल पक्षले उनीविरुद्ध संघर्ष जारी राखेको छ । पार्टीमा ओलीको स्वेच्छाचारी बढेको भन्दै समानान्तर गतिविधि गर्दै आएको माधवकुमार नेपाल समूहले गत फागुन २८ का निर्णय सच्चाउन माग गरिरहेका बेला ओलीलाई थप अधिकार दिएर उनले आफ्नो शक्ति देखाइरहेका छन् ।

    ओलीलाई थप अधिकार दिएर शक्तिशाली बनाउने एजेण्डा गत चैत ६ गते बसेको बैठकले नै निर्णय गरिसकेको थियो । गत चैत ६ गते बालुवाटारमा बसेको ओली पक्षीय एमाले केन्द्रीय समिति बैठक बसेर ओलीलाई शक्तिशाली बनाउने एजेन्डा नै पास गरेको थियो ।

    ​एमालेको १२ औं बैठकले गरिएको भनिएको उक्त निर्णयमा अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकको एजेण्डा पारित भएको थियो । जसमा समानुपातिक सांसद हटाउन सक्ने र राख्न सक्ने अधिकार उनै ओलीमा पुर्याइएको थियो ।

    उक्त बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भनेका थिए, ‘अव पार्टीलाई अनुशासित, जन आधारित, चुस्त र राष्ट्रिय राजनीतिलाई अझ सशक्त गुडाउन सक्ने संकल्प बैठकले गरेको छ ।’

    त्यस अन्र्तगत पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकारका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि अध्यक्ष ओलीमा निहित भैसकेका छन् ।

    यता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा निर्णय गर्ने सबै अधिकार आफूमा लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्री ओलीले सबै अधिकार आफूमा सीमित गरेका हुन्। स्थायी कमिटी बैठकले ओलीलाई पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित परिस्थितिका सन्दर्भमा सबै निर्णय लिने अधिकार दिएको हो।

    ‘पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ,’ स्थायी कमिटी बैठकको चार बुँदे निर्णयको तीन नम्बर बुँदामा भनिएको छ।

    सर्वोच्च अदालतले फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता भंग गरिदिएपछि एमालेभित्र शक्तिशाली बनेका ओलीले त्यसयता पार्टीभित्र आफूखुसी निर्णय गर्दै आएका छन्।

    फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यको भेला बोलाएर एकलौटी रूपमा केन्द्रीय समितिको आकार बढाउने र अवैधानिक ढंगले विधान संशोधन गरेका थिए। त्यसलगत्तै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी भंग गरेर महाधिवशेन आयोजक कमिटी बनाएका ओलीले अध्यक्ष र महासचिव पदमात्रै राखेका थिए।

    चैत ७ गते वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेका थिए। चार नेताको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनीहरूलाई ६ महिनाको लागि निलम्बनसमेत ओलीले गरेका थिए। यद्यपी आजको स्थायी कमिटी बैठकले चार नेताको कारबाही फुकुवा गरेको छ।

    यो स्थायी कमिटी पनि ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहलाई बाहिर राखेर वैशाख १० गते गठन गरेका हुन्। ओलीले नेपाल निकट ३० जना सांसदलाई स्पष्टीकरण समेत सोधेका थिए।

    फागुन २८ गते यताका सबै बैठकमा ओलीले आफ्ना एजेण्डा ल्याएर छलफल नगराइकनै पारित गराउने गरेका थिए। अब भने उनले बैठक समेत राख्न नपर्ने गरी अधिकार आफूसँग लिएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया