• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन

    मातातिर्थ औशीमा माईला लामाको आमाहरुप्रति समर्पित गीत सार्वजनिक (भिडियोसहित)

    2.7K
    SHARES


    काठमाडौं । चर्चित जनवादी कलाकार माइला लामाको सब्द रचना तथा संगीतमा लोकप्रिय गायिका निर्मला घिसिङको स्वरमा नयाँ गीत बजारमा आएको छ । मातातिर्थ औशीको दिन पारेर आमाहरुप्रति समर्पित ‘मेरी आमा’ बजारमा आएको हो ।

    यो गीत गायिका घिसिङको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । रचनाकार स्वंयम माइला लामाकै संगीत रहेको यो गीतमा सम्पादन भने चन्द सिंहले गरेका छन् ।

    आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिन पारेर यो गीत सार्वजनिक गरिएको छ । न्याय , समानता र स्वतन्त्रताका खातिर दश बर्ष लामो जनयु’द्धमा लाग्दा घाइते भएर शरीर भरी ब’म, गो’लीका छर्रा बोकिरहेका माइला लामाले पछिल्लो समय पनि लामो समय जेल जीवन बिताएका छन् ।

    हालै लामाले जेलभित्रै रहेका बेला रचना गरेको यो गीतमा गायिका घिसिङले स्वर भरेकी हुन् । यो गीतमा एउटा सन्तानले आफ्नो आमाको प्रेमलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरा ब्यक्त गरिएको छ । गायिका घिसिङका यसअगाडी पनि दर्जनौ एल्बम बजारमा ल्याईसकेका छन् ।

    यस्तै गायक, रचनाकार तथा संगीतकार माइला लामाका पनि दार्जनौ एल्बम र सयौ गीत बजारमा आएका छन् । खास गरि जनयुद्धमा जनता ब्यूझाउने गीत भनेपछि माइला लामाका गीतलाई सम्झिने गरिन्छ ।

    लामा आफुले रचना गरेका बाहेक नेत्र बिक्रम चन्द ‘विप्लव’ले रचना गरेको कसले बनायो दाजै उडिजाने बसलगायत सयौ गीतमा संगीत पनि भरेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि लामाका जीवन झोलामा लगायत दर्जनौ एल्बम सार्बजनिक भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया