• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकै ब्यक्तिको कोरोना रिपोर्ट बिहान र बेलुका फरक-फरक, पत्रकारले रिपोर्टिङ गर्दा प्रहरीको हस्तक्षेप

    6.4K
    SHARES

    मनोज तमोली, नेपालगन्ज । बाँकेमा एक व्यक्तिको कोरोना परिक्षण गर्दा बिहान नेगेटिभ रिपोर्ट आएको छ भने बेलुका सोही व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ । यसरी १२ घण्टा पनि नबित्दै कसरी एकै व्यक्तिको रिपोर्ट बिहान र बेलुका फरक-फरक आयो भनेर जिल्लास्थित सरोकारवाला निकायले चासो दिएका छन् ।

    यसरी कोरोना परिक्षण गर्ने नेपालगन्जस्थित गणेशमान चोकमा रहेको बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर प्रालीमा पुगेर सञ्चारकर्मीले रिपोर्टिङ गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेको छ ।

    बागेश्वरी डाइग्नोष्टिक ल्याबले आफुलाई झुक्याएको र आफ्नो स्वास्थ नै माथी खेलबाड गरेको भन्दै बिरामी सुदिन सिंहले सञ्चारकर्मीसँग सहयोग मागेपछि रिपोर्टिङ्ग गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले हस्तक्षप गरि रिपोर्टिङ्ग गर्न अबरोध गरेको छ ।

    बिरामी सिंहका अनुसार “बागेश्वरी डाइग्नोष्टिक ल्याब”ले परिक्षण बिना नै लक्षणको आधारमा रिपोर्ट तयार गर्ने गरेको हल्ला आफुले सुनेको बताएका छन्। उनले “बागेश्वरी डाइग्नोष्टिक”मा चेक गराउँदा आएको रिपोर्ट विश्वसनीय नभएपछि तुरुन्तै भेरी अञ्चल अस्पतालमा पिसिआर चेक गराउदा रिपोर्ट पोजेटिभ आएको छ।

    एक घण्टाको फरकमा चेक गराउदा “बागेश्वरी डाइग्नोष्टिक”को रिपोर्ट नेगेटिभ र भेरी अस्पतालको रिपोर्ट पोजेटिभ आएपछि बिरामी सिंह आक्रोसित भएका छन् । यसरी बिरामीले भेरी अस्पतालको चेक गराउँदा पोजेटिभ रिपोर्ट आएको थाहाँ पाउन बितिकै पुनः “बागेश्वरी डाइग्नोष्टिक ल्याब”ले पनि पोजेटिभ रिपोर्ट आएको पेपर थमाएको छ ।

    यस्तै एकै ब्यक्तिको बिहान नेगेटिभ र बेलुका पोजेटिभ कोरोना रिपोर्ट दिने “बागेश्वरी डाइग्नोष्टिक ल्याब”मा रिपोर्टिङ गर्न जाँदा मिडियाले होहल्ला गरेको भन्दै असइ सावित्री गिरिको नेतृत्वमा आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मिडियाकर्मीहरुले बबाल मच्चाएको आरोप लगाउदै उक्त ल्याबको रिपोर्टिङ नगर्न धम्की दिएका छन् ।

    बागेश्वरी डाइग्नोष्टिक ल्याबका संचालक बताउने बिमल बुढाथोकीसँग संवाद गर्न खोज्दा प्रहरीले रोकेको छ । यसरी बिरामीको गुनासोको आधारमा रिपोर्टिङ गर्न गएका मिडियाकर्मीलाई प्रहरीले ठाडो हस्तक्षप गरि सत्य तथ्य बाहिर ल्याउन रोक्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाती रेट्ने काम भएको छ ।

    उक्त ल्याबले खुलेआम मानब स्वास्थ्यमाथि खेलबाड गर्ने कार्य गरिरहेको अबस्थामा रिपोर्टिङ्ग गर्न गएका सञ्चारकर्मीमाथि प्रहरीले हस्तक्षप गर्नुले कतै प्रसाशनकै मिलोमतोमा यस्तो कार्य भइरहेको त छैन भन्ने शंका उत्पन्न गराएको छ ।

    यस बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालसँग प्रतिक्रिया लिदा उक्त घटनाबारे छानबिन गरिने र प्रमाण फेला परे तुरुन्त कारबाही गर्ने आश्वासन दिएका छन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया