• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली टिप्स

    यि हुन् एक हप्तामा नै तौल घटाउने उपाय

    2.9K
    SHARES


    हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने ठाउँ पनि भुँडी क्षेत्र नै हो। भुँडीमा बोसो लागिसकेपछि त्यसलाई घटाउन धेरै गार्‍हो पर्छ। बढेको भुँडीबाट अनेकौं हानिकारक तत्वहरु निस्किन्छन्। यस्ता हानिकारक तत्वहरु टाइप–२ मधुमेह, कोरोनरी मुटुरोग र अन्य धेरै रोगको कारक हुन्। एक पटक भुँडी लागिसकेपछि घटाउन मुस्किल त पर्छ तर निम्नलिखित प्राकृतिक उपायको अबलम्वनले भुँडी घटाउन मद्दत गर्छ।

    फाइबरयुक्त खानाः हामीले खाने खानामा पाइने फाइबरले कुनै पौष्टिकता त दिँदैन तर फाइबर धेरै भएको खानेकुराको प्रयोग गर्दा अनेकौं फाइदा पुर्याउछ। घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जवार, बाजरा, आलस, एबोकाडोे, ब्ल्याक बेरी, दाल-गेडागुडी र हरिया सागपात आदि हुन्।

    घरेलु चिल्लोको प्रयोगः तौल घटाउन चाहनेहरुले बाहिरी बजारिया तेलको प्रयोग हटाएर घरेलु आफैंले पेलेको तेलको प्रयोग गर्नुपर्छ। तोरी, सूर्यमुखी र बदामको तेल अन्य तेलहरु भन्दा राम्रा छन्।

    मदिरापान नगरौंः मदिरापान र भुँडी लाग्ने क्रिया आपसमा अन्तरसम्बन्ध छ भने तथ्य केही स्वास्थ्य अनुसन्धानहरुले प्रमाणित गरी सकेका छन्। यसर्थ भुँडी घटाउन चाहने जो कोहीले पनि मदिरापन गर्दै नगरौं।

    उपबास गर्ने गरौंः उपबास धेरै किसिमका हुन्छन् तर भुँडी घटाउनका लागि हप्ताको १ दिन उपबास सबैभन्दा उत्तम हो। उपबासले धेरै मान्छेको स्वास्थ्यमा फाइदा गरेको अध्यनले देखाएको छ ।

    जडीबुटीको काडा पिउने गरौंः गुर्जोको काडा, तुलसी काडा, विजयसालको काडा, अर्जुनको काडा, हरियो चिया जस्ता जडिबुटीको काडाको नियमित सेवनले भुँडी घटाउन मद्दत गर्छ। यी काडामा इपिग्यालोक्याटेच्ली ग्यालेट नामक एन्टिअक्सिडेन्ट पाइन्छ।

    प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गरौंः शरीरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरु पाइन्छन्। यी ब्याक्टेरियाहरूको वृद्धि हुँदा शरीरलाई फाइदै हुन्छ।

    संरक्षित खानेकुराहरु नखाऔंः लामो समयसम्म खानालाई संरक्षण गरी राख्न योग्य भएका खाने कुरालाई संरक्षित खानेकुरा भनिन्छ।

    एप्पल साइडर भिनेगरको प्रयोगः १२ हप्तासम्म १५ मिलि एप्पल साइडर भिनेगर खाने मोटा व्यक्तिहरुको तौल घटाएर भुँडी पनि १ इन्चसम्म घटाउने तथ्य केही मानव एवं जनावरमाथिको अध्ययनले पुष्टि गरिसकेको छ।

    उच्च प्रोटिनयुक्त खानेकुरा खाने गरौंः उच्च प्रोटिन युक्त खानेकुरा खाँदा तृप्तीकारक हार्मोनको उत्सर्जन हुने, थोरै खानामा पनि तृप्ती हुने र भोक नलागिरहने हुँदा खाना कम खान सहयोग गर्छ।

    तनाव व्यवस्थापन गरौंः तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै मात्रामा कर्टिसोल हार्मोन उत्पादन गर्ने र कर्टिसोलको रक्तस्तर बढेपछि यसले धेरै भोक लगाउने, प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि भुँडी लाग्न र तौल बढाउने गर्छ।

    चिनी हालेका कुनै पनि पेय पदार्थ नलिऔंः प्रशोधित चिनी हालिएका खानेकुरा जस्तैः चिया, कफी, बजारका बोतलबद्ध जुसहरु कोकाकोला, पेप्सीकोला जस्ता पेय एवं मिठाइहरुको प्रयोगले अतिरिक्त क्यालोरी थप्ने हुँदा भुँडी लाग्ने क्रियालाई बढाउँछ।

    कागती पानीको फाइदा र बेफाइदा दुवै ?

    काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु-याउँछ ।

    कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् ।

    मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्छन्, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।

    कागती पानीको पाइदाहरुः

    कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।

    त्यस्तै भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ । कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ ।

    कागती पानीले पाचनमा सहयोग पुग्छ । कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

    फाइदासँगै बेफाईदा पनि थुप्रै छन्ः

    धेरै कागती पानीले एसिडिटी त बढाउँछनै, पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन सक्दछ। धेरै कागती पानी पिउँनाले पाचन प्रणाली समेत खराब हुन् सक्छ। कागती पानीमा अक्सलेट्स हुन्छ, जुन शरिरमा क्रिष्टलको रुपमा जम्न सक्छ। यसले क्याल्सियम एब्सजर्पसनलाई पनि प्रभावित पार्न सक्छ। यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्नसक्छ।

    ज्यादै तातो पानी र चिसो कागती पिउँदा साह्रै फाइदा हुँदैन । मनतातो कागती पिउँदा धरै फाइदा लिन सकिन्छ। ज्यादा कागतीपानीले दाँतलाई असार पु¥याउँछ ।
    एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्यामा कागती पानीबाट बच्नु पर्छ। तपाईको दाँतमा पहिल्यै समस्या छ भने पनि कागती पिउँनु अघि डेन्टिस्टको सल्लाह लिन जरुरी छ । धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाव आउँछ । बारम्बार शरिरबाट पिसाव जाँदा पनि डिहाइड्रेशनको समस्या हुनसक्छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया