• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    नेपाली भौतिकशास्त्री साहुले अमेरिकामा पाए साढे ३ करोडको अवार्ड

    253
    SHARES

    काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत भौतिकशास्त्री डा. इन्द्रदेव साहुले झण्डै साढे तीन करोड बराबरको अवार्ड पाएका छन् । उनी एक नेपाली अनुसन्धानकर्ता हुन् ।

    साहुले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन(एनएसएफ)अवार्ड पाएका छन् । उक्त अवार्डको राशि २ लाख ९७ हजार डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) बराबर छ ।

    अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठानले प्रदान गरेको यो राशि उनले अनुसन्धानमा खर्च गर्नेछन् । उनले पोटासियम च्यानल एसेसरी प्रोटिन (केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि यो रकम खर्च गर्नेछन् ।

    केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन हो । यसको अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइने साहुको प्रतिक्रिया छ ।

    यस्तै धादिङको ज्यामरुङ घर भई अमेरिका बसोबास गर्दै आएका उत्तम धमलाले एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेदवारी दिएका छन् । धमलाले क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका हुन् । धादिङमा रहँदा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय धमला पत्रकारिता क्षेत्रमा पनि क्रियाशील थिए ।

    धादिङ रहँदा धमला सामाजिक, राजनीतिक कामसँगै पत्रकारिता क्षेत्रमा पनि क्रियाशील थिए । अमेरिकामा रहँदा पनि विभिन्न सामाजिक काममा सक्रिय रहँदा आएका धमला प्रवासी नेपालीको पक्षमा आफू क्रियाशील भएर दृढ इच्छाशक्तिका साथ काम गर्ने बताउँछन् ।

    धमलासँगै धादिङ स्थायी घर भएका अन्य ५ जनाले पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन् । गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न २०२१/२३ को कार्यकालका लागि हुने उक्त निर्वाचनका लागि धादिङका ६ जना उम्मेदवारहरु यस्ता छन्।

    राजीव श्रेष्ठ- गजुरी– एनआरएनए एनसीसी अमेरिका, कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै दिवाकर पाण्डे- त्रिपुरासुन्दरी गापा – एनआरएनए एनसीसी अमेरिका, बोर्ड अफ डाईरेक्टरमा उम्मेदवारी दिएका छन् । यस्तै प्रमिला बन्जारा- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, मासाच्युसेट्स च्याप्टर बोर्ड अफ डाईरेक्टरमा उम्मेद्वारी दिएका छन् ।

    उत्तम धमला- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, क्यालिफोर्निया च्याप्टर- बोर्ड अफ डाईरेक्टर, भावना खतिवडा- गल्छी –एनआरएनए एनसीसी अमेरिका, भर्जिनिया च्याप्टर बोर्ड अफ डाईरेक्टर र सन्तोष लम्साल- नीलकण्ठ नगरपालिका – एनआरएनए एनसीसी अमेरिका, टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टरमा उम्मेद्वारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया