• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यी हुन पत्रकार कुट्ने वडाध्यक्ष, आफ्नो कर्तुत बाहिर आउने भएपछि देखाए यस्तो लज्जास्पद हर्कत

    1.5K
    SHARES


    रुकुम पूर्व । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले समाचार सङ्कलनका लागि गएका जिल्लाका दुई जना पत्रकारमाथि हातपात प्रयास गरेका थिए । मङ्गलवार वडाध्यक्ष रोकाले रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्वय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि हातपातको प्रयास गरेका हुन् ।

    घुम्रिगाड खोला लघु जलविद्युत् आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा गाउँपालिकाको कार्यालयमै गएर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि दुई पटक हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताए । विद्युत् आयोजनाको रकम भुक्तानीको क्रममा वडाध्यक्ष र गाउँपालिकाका लेखापालबीचमा भइरहेकाले के भएको हो भनेर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि हातपातको प्रयास गरेको बुढाथोकीले जनाए ।

    महासङ्घले घटनाको निन्दा गर्यो

    नेपाल पत्रकार महासङ्घ रुकुमले यस घटनाको कडा शब्दमा निन्दा गरेको छ । महासङ्घले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव हिरा परियारले कोरोना महामारीका बीचमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूलाई जनप्रतिनिधिबाटै यस्तो व्यवहार गरिनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको बताएका छन् ।

    त्यसैगरी नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशले पनि पत्रकारमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार बिहान महासचिव खगेन्द्र भट्टराईले एक विज्ञप्ति जारी गर्नु हुँदै पत्रकारद्वय बुढाथोकी र परियारमाथि गरिएको दुर्व्यवहारकाे घोर निन्दा गरेका छन् । विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया