• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सात वर्षपछि जेलबाट रिहा भए माओवादी नेता यादव

    38.7K
    SHARES

    काठमाडौँ  । मातृका यादव नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का नेता श्रीचन राय यादव सात वर्ष लामो जेल जीवन बिताएर मंगलबार रिहा भएका छन् । नख्खु कारागारबाट रिहा हुनुअघि सोही कारागारमा रहेका नेकपाका सचिवालय सदस्य सुदर्शनले यादवलाई बिदाइ गरेका थिए ।

    बिदाइ कार्यक्रममा नेकपा नेता सुदर्शनले जनताका पक्षमा आवाज उठाउँदा शासकहरूको स्वार्थमा कतै धक्का लाग्ने अवस्था आएमा न्यायपूर्ण आवाजमा बन्देज लगाउन राजनीतिक आस्थाकै आधारमा जेल र हिरासतमा कोच्ने गरेको बताए ।

    रिहा भएपछि यादवले पत्रकारसँग कुरा गर्दै राज्यले जनताका पक्षमा आवाज उठाउँदा षड्यन्त्रपूर्वक तरिकाले आफूलाई फसाएको र जेल बस्न बाध्य बनाएको बताए । उनले यो शोषणप्रधान, अन्यायी व्यवस्थाका विरुद्ध जनताका पक्षमा हुने क्रान्तिकारी आन्दोलनमा आफूलाई समर्पित गर्ने घोषणा पनि गरे । उनलाई २०७१ सालदेखि नख्खु कारागारमा बन्दी बनाइएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया