• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीलाई ‘सनम’ भन्दै रामकुमारी झाक्रीले फेसबुसमा लेखिन यस्तो कडा स्टाटस, सामाजिक सञ्जालमा भाइरल

    2K
    SHARES


    काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न ओलीलाई आग्रह गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्याउन आग्रह गरेकी छिन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताएका छन् ।

    उनले भनेकी छिन, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हम तो डूबेंगे ही सनम आपको भी ले डूबेंगे… अगर डुबने से बचना है ताे किनारा ढुडाें ।’

    यसैबीच सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली संकटमा पर्ने भएका छन्। उनको सत्तामा धक्का लाग्ने गरि हिजोको सहयात्री दल नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ। बुधबार माओवादी केन्द्रका सचेतक देव गुरुङलगायत नेताहरु संसद् सचिवालयमा पुगेर समर्थन फिर्ताको पत्र दर्ता गराएका हुन्।

    ‘सर्वोच्च अदालतको फागुन २३ को निर्णयपश्चात् ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ। अतः नेकपा (माओवादी केन्द्र) को निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय संसदीय दलको निर्णयअनुसार केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराउँदछु,’ माओवादी केन्द्रका अध्यक्षको हस्ताक्षर रहेको पत्रमा भनिएको छ।

    प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निकृष्ट ढंगबाट सञ्चालन गरिरहेको माओवादीकाे आराेप छ।

    त्यसैगरी, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्ष्यलाई ध्वस्त बनाएको बताउँदै पत्रमा नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको उल्लेख छ।

    कोरोनाको दोस्राे लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको आरोपसमेत लगाइएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया