• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल मनोरञ्जन

    आमा बन्न किन डराइन् चर्चित भारतीय हास्य कलाकार भारती सिंह ? आफैले खोलिन यस्तो रहस्य

    2.3K
    SHARES


    मुम्बई । भारतीय टेलिभिजन शो ‘डान्स दिवाने’को चर्चा पछिल्लो दिनमा निकै बढेको छ । शोमा सोनू सूदले प्रवेश गरिसकेका छन् । यो शो निकै इमोसनल पनि बनेको छ ।

    आजतकमा प्रकाशित समाचारअनुसार आम दर्शकलाई हसाउने भारती सिंह यो शोको होस्ट छिन् । उनले आफ्नो आँशुलाई हालैको एक भागमा थाम्न सकिनन् । उनी भावुक हुँदै आफ्नो परिवार योजनाको बारेमा पनि कुरा गरेकी थिइन् ।

    शोमा एक प्रतियोगीले कोभिड १९ का कारण ज्यान गुमाएका एक १४ दिनको बच्चाको अभिनय गर्छन् । यो अभिनय एक सत्यकथाबाट प्रभावित भएर बनाइएको थियो । जुन हेर्दा जोकोही दर्शक भावुक बनेका थिए । ‘हामी बेबी प्लानको सोच बनाइरहेका छौं । तर यस्तो महामारीलाई म यसरी बच्चा गुमाएपछि रुन चाहन्नँ,’ उनले भनेकी छन् ।

    त्यसो त यसअघि पनि भारतीले सन्तानको योजनाका विषयमा बताइसकेकी थिइन् । ‘म आमा बन्न चाहन्छु । मैले र हर्षले २०२० मै सन्तान योजनाको सोच बनाएका थियौं । तर कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै मैले कुनै मौका लिन चाहिनँ’, उनले भनेकी छन् ।

    उनले यस्तो तनावपूर्ण अवस्थामा बच्चाको योजना बनाउन नसक्ने बताएकी छन् । ‘म चाहन्छु कि बच्चा स्वस्थ वातावरणमा हुर्कियोस्, बढोस् । अहिले त गर्भवती भएपछि अस्पताल जान नै जोखिम छ । हामी एक वर्ष अरु प्रतिक्षा गर्छौ’, उनले भनेकी छन् ।

    भारती र उनका पति हर्षले सन् २०१७ डिसेम्बर ३ मा विवाह गरेका थिए । उनीहरुले गोवामा पाँच दिने वैवाहिक कार्यक्रममा विवाह गरेका हुन् । यसैबीच ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ ।

    उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार पश्चिम बंगालको विधानसभा चुनावको परिणाम सार्वजनिक भएपछि अभिनेत्रीले केही विवादित ट्वीट गरेकी थिइन् । यसलाई लिएर उनीविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

    कोलकाता प्रहरीले कंगनाका विरुद्ध पश्चिम बंगालका मानिसहरुको भावनामाथि आहत पुर्याएको आरोप लगाएको छ । अधिवक्ता सुमीत चौधरीले इमेलमार्फत कोलकाता पुलिस कमिश्नर सौमेन मित्रालाई उजुरी पठाएका थिए । पश्चिम बंगालको चुनावपछि कंगनाले एउटा विवादास्पद ट्वीट गरेकी थिइन् ।

    ‘पश्चिम बंगालमा बंगलादेशी र रोहिंग्या बढी संख्यामा छन् । यसबाट प्रष्ट देखिन्छ कि हिन्दी त्यहाँ हिन्दु बहुमतमा छैनन् । तथ्यांक अनुसार बंगाली मुस्लिम निकै गरिब र बञ्चित छन् । राम्रो कुरा यो हो कि दोस्रो कश्मिर बन्न जाँदैछ’, उनले ट्वीटेकी थिइन् ।

    चुनाव परिणामपछि भएको हिंसा पछि कंगनाले पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउन माग गरेकी छन् । अभिनेत्रीले राज्यमा भएको हिंसालाई लिएर एक भिडियो पोस्ट गरेकी छन् । जसमा उनी रोएकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ