• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    उपचाररत ६ कोरोना सक्रमितको मृत्यु

    177
    SHARES

    कैलाली । कैलालीको धनगढीस्थित कोभिड अस्थायी अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएकाे छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक–एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

    धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए ।

    कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका–२ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए ।

    त्यस्तै भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो ।

    निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ