• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    निषेधाज्ञामा भक्तपुरमा देखियो फरक दृश्य, सवारी चापले प्रहरीलाई हम्मेहम्मे, २० तस्विरमा हेर्नुहोस

    4.1K
    SHARES

    काठमाडौँ । कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकाे आज पाँचौ दिन, सडकहरु सुनसान हुनुपर्ने हो, बजार व्यवसाय बन्द हुनुपर्ने हो ।

    तर आज कोटेश्वर-भक्तपुर सडकमा भने सवारी साधनहरुको चाप देखियो । निषेधाज्ञाको पाचौं दिन जडिबुटीउता ट्राफिक प्रहरीलाई सवारी जाम व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । हामी काठमाडाैंकाे कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म पुग्दा सरकारले लगाएको निशेधाज्ञाको खिल्ली नै उडेको थियो ।

    उसो त सरकारले काठमाडौँ उपत्यकामा सोमबारदेखि निषेधाज्ञामा थप कडाइ गरिने बताएको थियो। मिडियाकर्मीलाई समेत रिपोर्टिङमा निस्किन सूचना बिभागले जारी गरेको प्रेस पासको आवश्यकता पर्ने जनाएको थियो । तर सोमबार नै सडकमा निर्बाध रुपमा सबैभन्दा बढी सवारी साधनहरु चले ।

    अरु दिनको तुलनामा सवारी साधनहरु बढी गुडेका कारण प्रहरीलाई पनि चेक पोइन्टहरुमा चेकिङ्ग गर्न समेत हैरानी परेको देखिन्थ्यो। एकातिर काेराेना सर्ने डर, अर्कतिर अनिवार्य पुरा गर्नैपर्ने सरकारी ड्युटी ! प्रहरीहरु दोहोरो तनावमा देखिन्थे तर पनि बाटोमा सर्वसाधारणसँग प्रहरीको व्यवहार भने तारिफ गर्न लायक देख्न्थ्यो ।

    कोहि टाढैबाट हात जोडेर सवारी पास देखाउन अनुरोध गर्थे भने, कोहि भौतिक दुरी कायम गरेर एकदमै सभ्य भाषामा यात्रुहरुलाई सम्झाइरहेका हुन्थ्ये । तर अनावश्यक हिँडडुल गर्ने तथा पास नभएका सवारी साधनहरुलाई भने होल्ड गरेको पनि देखियो ।

    काठमाडौँ उपत्यकाको कोटेश्वर, जडीबुटी, भक्तपुरको लोकन्थली, कौशलटार, गठ्ठाघर तथा चारदोबाटो क्षेत्रसम्म पुग्दा कतै अलिअलि सवारीसाधन त कतै जाम नै पर्नेगरी रुपमा सवारी साधन ओहोरदोहोर गरेको देखियो ।

    निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाएपनि सोमबार भक्तपुरका सडकहरुमा फरक दृश्य थियो । पैदल यात्रीहरुको चाप बढी थियो भने फाट्टफ़ुट्ट खाजाघर तथा अन्य पसलहरु पनि खुला नै थिए ।

    कातिर सरकारले निशेधाज्ञा कडा पार्ने भन्ने अर्कोतिर दिनप्रतिदिन त्यसको उल्लङ्घन भइरहँदा कोरोना महामारी झनै फैलिने खतरा बढेको छ ।  कोटेश्वर-भक्तपुर सडकखण्डकाे ताजा अवस्था हेर्नुहोस थप तस्विरमा….

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ