• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गण्डकी र सुदूपश्चिमका प्रदेश प्रमुख बर्खास्त, कसलाई दिईयो नयाँ जिम्मेवारी ?

    142
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई बर्खास्त गरेकी छिन् । गण्डकी प्रदेशमा सीता पौडेल प्रदेश प्रमुख नियुक्त भएकी छिन् ।

    सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बर्खास्ती र नयाँ नियुक्ति गरेकी हुन् ।

    एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले पौडेल र यादवको नाम सिफारिस गरेको थियो । गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो । नवनियुक्त प्रदेश प्रमुखको सपथग्रहण शीलतनिवासमा आजै हुने कार्यक्रम छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ