• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    बढ्यो सुनको मूल्य

    76
    SHARES

    काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

    आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ । निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

    सामान्य अवस्थामा दैनिक बजारमा ३५ किलो सुनको कारोबार हुने भएपनि अहिले कम मात्रामा सुनको कारोबार भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ