• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    भारतमा रहेका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु

    76
    SHARES

    गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ । भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुवात गरेको हो ।

    कोरोना भाइरससम्बन्धी कुनै समस्या भए भारतमा रहेका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेलमार्फत त्यहाँ रहेका चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न सक्ने संघले जनाएको छ ।

    हटलाइन मार्फत नेपालीहरुले अतिआवश्यक बाहेकका सेवाहरु लिन सक्ने गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए ।

    सो सेवा सञ्चालन गर्नका लागि डा.अरुण पौडेल (नयाँ डिल्ली), डा. अविरल निधि (नयाँ डिल्ली), डा. सागर पौडेल (नयाँ डिल्ली), प्रभावत अधिकारी (नेपाल) रहेको चिकित्सकहरुको टोली खटिएको हो ।

    कोरोना भाइरसको संक्रमण कारण हालसम्म भारतमा ६१ जना नेपालीको ज्यान गएको छ भने तीन हजार भन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ