• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर

    निषेधाज्ञाको चौथो दिन झरीसंगै यस्तो देखियो काठमाडाैं उपत्यका, हेर्नुहोस् २६ तस्विरमा

    5.1K
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना भाईरस कोभिड-१९ को  संक्रमण बढ्दै गएपछि सरकारले बिहिबार राती १२ बजेदेखि लागु हुने गरी देशको संघीय राजधानी काठमाडौँमा निषेधाज्ञा जारी गरेको छ ।

    निषेधाज्ञाको चौथो दिन आइतबार काठमाडौँ उपत्यकाका सडकमा अत्यावश्यक बाहेकका सवारी साधन खासै चलेका छैनन् । मानिसहरुको आवतजावत पनि कम रहेको छ भने अनावश्यक हिँडडुल गर्ने तथा पास नभएका सवारी साधनहरुलाई प्रहरीले होल्ड गरेको छ ।

    यसै पनि आइतबारदेखि सरकारले उपत्यकामा निशेधाज्ञा झनै कडा गरेको छ । मिडियाकर्मीलाई समेत रिपोर्टिङमा निस्किन सूचना बिभागले जारी गरेको प्रेस पासको आवश्यकता परेको छ ।

    सधैँ अस्तव्यस्त देखिने कोटेश्वोरदेखि कलङ्कीसम्मका सडकहरु आइतबार सुनसान देखिन्थे । काठमाडौँ उपत्यकाको कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खू, कलङ्की तथा थानकोट क्षेत्र कतै सुनसान त कति अलिअलि सवारीसाधन ओहोरदोहोर गरेको देखियो ।

    काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रुपमा रहेको नागढुंगा नाकामा सञ्चारकेन्द्रको टिम पुग्दा सुरक्षाकर्मीले निकै कडा चेकजाँच गरिरहेका पाईयो ।

    सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा मात्रै देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई पनि तैनाथ सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखेको छ । निषेधाज्ञा अवधिभर औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु/सेवा खरिदको काममा बाहेक कोही पनि व्यक्ति घरबाट बाहिर निस्कन पाएका छैनन् ।

    सबै व्यापार/व्यवसाय, निजी तथा सार्वजनिक र सरकारी कार्यालय समेत ठप्प रहेका बेला पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने–आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने यातायातका साधन भने सञ्चालनमा रहेका छन् । काठमाडाैं उपत्यकाकाे ताजा अवस्था हेर्नुहोस थप तस्विरमा….

    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ