• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    संसारको पहिलो रोबोम्यान: आधा मानिस, आधा मेशिन

    90
    SHARES

    प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ । प्रविधिको सहयोगले वैज्ञानिकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् । जसलाई रोबोम्यान नाम दिईएको छ ।

    बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उनलाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ । उनी डाक्टर पिटर स्कट मोर्गन हुन् । उनी ६२ वर्षका भए । आफूलाई जीवित राख्नका लागि उनले संसारसामु उदाहरण पेश गरेका छन् । डाक्टर पिटर मोटर न्युरोन नामक एक घातक बिमारीद्वारा पीडित थिए, जसका कारण उनका मांशपेशी काम नलाग्ने भइरहेका थिए ।

    मोर्गनको शरीरका कैयन अंगले काम गर्न छोडेका थिए । यसका लागि उनले विज्ञानको सहारा लिए । अनि रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ रुप दिए । अहिले पिटर मेशिनको सहायताले ती सबै काम गर्छन् जो एक स्वस्थ व्यक्तिले गर्छन् ।

    पिटरलाई सन् २०१७ मा यो मांशपेशी सम्बन्धी रोग मोटर न्युरोन लागेको जानकारी भयो । यसपछि सन् २०१९ मा उनले आफूलाई आधा मानव तथा आधा रोबोटको रुपमा परिणत गर्न शुरु गरे । जसका कारण आज उनी जीवित मात्र छैनन् संसारका अगाडि एक उदाहरण समेत बनेका छन् ।

    ‘जीवनमा ज्ञान तथा प्रविधिको सहयोगले धेरै खराब कुरालाई बदल्न सकिन्छ,’ मोर्गन भन्छन् । आधा मानव तथा आधा रोबोट बन्ने समयमा मोर्गनले यस्ता प्रविधि खोजे जुन अविश्वसनीय छ । उनले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले ‘बडी ल्याङ्गवेज’ बताउने प्रविधिको खोजी गरे । साथै उनले ‘आइ–ट्रयाकिङ्ग’ प्रविधिको पनि खोजी गरे । यसले कैयन कम्प्युटरलाई नियन्त्रण गर्न सक्छ ।

    अहिले मोर्गन भेन्टिलटरबाटै सास फेरिरहेका छन् । उनलाई आधा मानव तथा आधा रोबोट बन्ने प्रेरणा भने साइन्स फिक्सन कमिकको क्यारेक्टर साइबोर्गबाट प्राप्त भएको हो । साइबोर्ग आधा मानिस तथा आधा रोबोट हुन्छन् । ६५ वर्षीय आफ्नो श्रीमती फ्रान्सीससँग बस्दै आएका मोर्गन आफ्नो जीवनबाट एकदमै खुशी छन् । स्राेत: www.newscrab.com

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ