• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष

    नेकपाले खारेज गर्यो ब्यूरो, विस्तार गरियो केन्द्रीय समिति, यस्तो छ कार्य विभाजन

    37.7K
    SHARES

    काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको ब्यूरो संरचना खारेज गरेको छ । यसअघि नै देशभर रहेका ४ वटा कमाण्ड संरचना खारेज गरिसकेको नेकपाले यसपटकको बैठकबाट ब्यूरो संरचना पनि खारेज गरेको छ ।

    ब्यूरो खारेज गरेर नेकपाले पार्टीको महाधिवेशनमा जानुभन्दा पहिला फिल्डको यथार्थ रिपोर्ट सिधै विप्लवसम्म पुग्नेगरी पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिने गरी कार्य विभाजन गरेको छ ।

    यसअघि कमाण्ड र ब्यूरो मार्फत केन्द्रीय कार्यालयमा रिपोर्ट गर्दा फिल्डको यथार्थ रिपोर्ट नगई फिल्टर भएर जाँदा पार्टीको संगठानिक जीवनमा धक्का लागेको तथा पार्टीका केही इमान्दार नेता कार्यकर्तामाथि जिम्मेवारी हेरफेर र अपग्रेडमा अन्याय भएको गुनासो आइरहेका बेला विप्लवले बूरो संरचना समेत खारेज गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए ।

    बैठकले ब्यूरो संरचना खारेज गर्नुका साथै पार्टीको केन्द्रीय समिती विस्तार पनि गरेको छ । नेकपाले नयाँ ३१ जनालाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । विप्लवको गृह जिल्ला कपिलबस्तुमा एक सातासम्म बसेको केन्द्रीय समिती बैठकले देशभरका विभिन्न ब्यूरो, जनबर्गिय मोर्चा र केही विभागीय जिम्मामा भएका ब्यूरो सदस्यहरुलाई बढुवा गरेर केन्द्रीय समिति बिस्तार गरेको हो ।

    बिस्तार गरिएको केन्द्रीय समितिमा ३ जना यसअघि केन्द्रीय समितिबाट हटाइएकालाई पुनर्वहाली गरिएको नेकपा श्रोतले सञ्चारकेन्द्रलाई जानकारी दियो । पुनर्वहाली गरिएकामा खुमा सुबेदी, टेकबहादुर केसी र भेषराज भुषाल रहेका छन् ।

    नेकपाले सञ्चारकेन्द्रलाई उपलब्ध गराएको नयाँ सदस्यहरुको लिस्टअनुसार सेतीमहाकाली ब्यूरोबाट ३ जना थपिएका छन् । त्यस्तै भेरी कर्णाली र राप्ती ब्यूरोबाट ४/४ जना थपिएका छन् भने यता लुम्बिनी ब्यूरोबाट ३ र गण्डक ब्यूरोबाट २ जना थपिएका छन्  । त्यस्तै उता धौलागिरी ब्यूरोबाट १ जना थपिएका छन् ।

    नारायणी ब्यूरोबाट ३ जना र पूर्वी मधेशमा कार्यक्षेत्र भएका १ जना केन्द्रीय समितिमा बढुवा भएका छन् । यस्तै पूर्वबाट ३ जना थपिएका छन् भने उपत्यकाबाट २, महिला संगठनबाट १, आर्थिक बिभागबाट १ जना थपिएका छन् ।

    नयाँ केन्द्रीय समितीमा बढुवा हुनेहरु बैतडीका १, कैलालीका १, कालिकोटका ६, जाजरकोटका २, मुगुका १, दैलेखकका २, रोल्पाका ३, सल्यानका १, रुकुमका २, बाग्लुङका १ गोरखाका १, उदयपुरकी १, रामेछापका १, भोजपुरका १, झापाका १ र मकवानपुरका १ जना रहेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ