• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश

    नबिल बैंकले युनाइटेड फाइनान्ससँग गर्यो एक्वीजिसन सम्झौता, यस्तो छ स्वाप रेसियो

    2K
    SHARES

    काठमाडाैं ।नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्वीजिसन गर्ने सहमति भएको छ। आज दुवै पक्षबीच एक्वीजिसन सम्वन्धी सम्झौता आदानप्रदान भएको छ। युनाइटेड फाइनान्स राष्ट्र बैंकबाट ग वर्गको सम्वन्धनप्राप्त वित्तीय संस्था हो।

    ‘आज भर्खर एमओयू साइन भएको छ, स्वीकृतिका लागि राष्ट्र बैंकमा आइतबार जान्छौं’ नबिल बैंकका सिइओ अनिलकेशरी शाहले भने ‘राष्ट्र बैंकबाट स्वीकृति आएपछि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए)को प्रक्रिया अघि बढ्छ।’

    प्रारम्भिक सम्झौता अनुसार युनाइटेडको स्वाप रेसियो ३५ हुने भएको छ। अर्थात नबिलले युनाइटेडलाई एक्वीजिसन गरेपछि हाल युनाइटेडको १ सय सेयर हुनेले एक्वीजिसनपछि ३५ कित्ता सेयर पाउने छन्। बिहीबार बजार बन्द हुँदा नबिलको मूल्य प्रतिकित्ता १२७० रुपैयाँ छ भने युनाइटेडको ४२३ रुपैयाँ छ।

    क्रस होल्डिङका कारण युनाइटेडसँग एक्वीजिसन गर्न नबिललाई दवाव परेको भनिए पनि हाल त्यस्तो अवस्था नरहेको शाहको दावी छ। ‘कुनै दवाव थिएन, हामीले राम्रो अवस्था देख्यौं र एक्वीजिसनका लागि सम्झौता पनि गर्यौं’ उनले भने।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ