• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    तोलामा ९०० ले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    168
    SHARES

    काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

    हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि २० रुपैयाँ घटेको छ ।

    हिजो तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९५ रुपैयाँ तोकिएको छ । गएको आइतबार चाँदीको भाउ तोलामा १३ सय १० रुपैयाँ तोकिएको थियो ।

    यस्तै नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५५ पैसा रहेको छ । अस्ट्रेलियन लडर एकको खरिददर ९२ रुपैयाँ र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

    क्यानाडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४८ पैसा कायम भएको छ । जापानिज ऐन १० को खरिददर १० रुपैयाँ ८४ पैसा बिक्री दर १० रुपैयाँ ९० पैसा कायम भएको छ ।

    साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ