• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति विशेष

    विप्लवका दाजु तथा नेकपा नेता वीरजंग रिहा

    285
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु तथा नेकपा पोलिटव्युरो सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग रिहा भएका छन् । सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका  नेकपा नेता वीरजंग शुक्रबार जिल्ला कारागार चितवनबाट धरौटीमा रिहा भएका हुन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो । अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो।

    ब’म वि’स्फो’टको मुद्दामा कारागार चलान भएका वीरजंग यसअघि वि’ष्फो’टक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो । त्यस्तै हिजो मात्रै चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय नेता माइला लामा लामो समयको हिरासत बसाइपछि रिहा भएका थिए ।

    केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने ब’म वि’स्फोटको मुद्दा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो ।

    नख्खुबाट रिहा भएलगत्तै उनलाई अर्को मुद्दामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्दा लगाई सङ्खुवासभा पुर्याएको थियो ।

    सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर कारागार मुक्त भएका हुन् ।

    नेकपाका केन्द्रीय सदस्य लामालाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्याएको थियो । लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार÷सङ्गीतकार पनि हुन् । लामा जनयुद्धका गम्भीर घाइते योद्धा पनि हुन् ।

    लामाको रिहाइले नेकपा नेता कार्यकर्तामा उत्साह छाएको छ । उनका शुभचिन्तहरुले सामजिक सञ्जालमा उनको तस्विर राख्दै रिहा भएकोमा बधाई दिदै स्वागत गरेका छन् ।

    वीरजंग र लामा रिहा भए पनि नेकपा सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्यहरू रणबीर लगायतका कयाैं नेता कार्यकर्ता अझै जेलमै छन। उनीहरूलाई छोड्नका लागि प्रकिया सुरू भएकाे भन्दै ओली सरकारले रिहाइ लम्ब्याइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ